घर बनाउँदै हुनुहुन्छ ?, आयो दुःखद् खबर !
काठमाण्डौं, १२ पुस । निर्वाचनपछि बजारमा माग बढ्न थालेको मौका छोपेर उद्योगी व्यवसायीले सिमेन्ट र डण्डी लगायतका निर्माण सामग्रीमा मूल्य वृद्धि गरेका छन्।

सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म वढाइएको छ। डण्डीको मूल्य प्रतिक्वीन्टल पाँच सय रुपैयाँसम्म वढाइएको छ।
इन्धनको मूल्य नवढे पनि यहि मौकामा ट्रक व्यवसायीले समेत भाडा ह्वात्तै वढाएका छन्। नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले सिमेन्ट, डण्डी जस्ता निर्माण सामाग्री र डुवानी भाडा विना कारण वढेको बताए।
निर्माण सामग्रीको मूल्य एकै दिन दुई पटकसमेत वढाइएको छ। – नागरिक दैनिकबाट


