कुलमान घिसिङलाई असफल पार्न भारतको यस्तो दाउ, कुलमान आफैंले थाले यस्तो पहल

काठमाडौं, १२ पुस । आगामी १६ पुसमा खरिद सम्झौताको म्याद सकिने १ सय ४५ मेगावाट बिजुलीको नवीकरणमा भारतले चासो नदेखाएपछि विद्युत् आयात अन्योलमा परेको छ ।

नवीकरणबारे छलफल गर्न तय भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक स्थगित भएपछि नेपाल विद्युत् प्राधिरकण आफैंले नवीकरणका लागि भारतलाई पत्राचार गरेको थियो । तर पत्रको जवाफ नआएपछि विद्युत् संकट टार्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं भारत जाने भएका छन् । घिसिङले नवीकरणको पहलका लागि बुधबार (आज) भारत जान लागेको बताए ।

नेपाल र भारतका सचिवस्तरीय संयुक्त स्थायी समितिको बैठक स्थगन भएपछि विद्युत् प्राधिकरणले गत मंगलबार विद्युत् आयातको म्याद पुनः तीन महिना थप गर्न एमभीभीएनलाई पत्राचार गरेको थियो । उसले सो पत्रको जवाफ नपठाएपछि सम्झौता गर्न प्राधिकरणको उच्चस्तरीय टोली दिल्ली जान लागेको हो ।

पूर्ववत् सम्झौताअनुरूप नवीकरण नभए पुनः लोडसेडिङ हुने निश्चित छ । त्यस्तो विकराल अवस्था आउन नदिई अवस्थालाई सामान्यीकरण गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आफैं भारत जान लागेका हुन् ।

प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीले भारतीय पक्षसँग आवश्यक छलफलका लागि प्राधिकरणका तर्फबाट एउटा टोली भारत जान लागेको बताए । नवीकरणको म्याद सकिन लागिसकेकाले एक–दुई दिनभित्रै सम्झौता नवीकरणको पहल हुने उनले बताए । – शिव दुवाडी / राजधानी

यो पनि हेर्नुहोस् -> सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।