कुकुरलाई नै कुटेर बाली सखाप !, बाँदरको आतङ्कले कृषकहरु समस्यामा

पर्वत, पुस १२ । हिउँदे बाली लगाउने समयको सुरुवातसँगै बाँदरले आतंक मच्चाउन थालेपछि पर्वतको ग्रामीण भेगका कृषकले हैरानी व्यहोर्न बाध्य भएका छन् । लगाएको खेती उम्रिन नपाउँदै छरेको बीउ बाँदरले खोस्रेर सखाप पारेपछि कृषकहरु समस्यामा परेका हुन् ।

ग्रामीण क्षेत्रका गाउँमा बस्दै आएका नागरिक सुविधाको खोजिमा शहर केन्द्रीत बनेपछि फैलिँदै गएको वन क्षेत्रमा बाँदरको संख्या वृद्धि हुँदै गएको छ । वन क्षेत्रमा बाँदरको वृद्धि बढेपछि अहिले खेतबारीमा लगाएको बाँदरले सखाप पार्न थालेको हो । कृषकहरुले बाँदर धमाउन अनेक जुक्ति अपनाए पनि बाँदरको बालीमा आक्रमण रोकिएको छैन् ।

पर्वतको खौला, आर्थर, ठूलीपोखरी, राम्जा, पकुवालगायतका स्थान र दक्षिणी क्षेत्र रानीपानी, बर्राचौर, भोर्लेलगायतका ठाउँमा बाँदरको आतंक बढी देखिएको छ । ‘मकै लगाएर बीउको गेडो पनि घर भित्र परेन’, भोर्लेका दिननाथ शर्माले भन्नुभयो, ‘अहिले गहुँ छरेर घरमा नफकिँदै बाँदरले बीउ टिपेर खाइसकेको हुन्छ ।’

‘ठूलो सङ्ख्यामा बाँदरको बथान बाली खान आउँछन् शर्मा भन्नुहुन्छ, ‘कुकुरसहित बाँदरलाई भगाउन गयो भने उल्टै कुकुर र मान्छेलाई नै आक्रमण गर्न खोज्छन ।’ बाँदरले आलुको बीउ समेत खोस्रेर खान थालेपछि आलोपालो ड्युटी बसेरै भए पनि बाली जोगाउन थालिएको भोर्लेकी खैसरी भूसालले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयबाट बाली विमाका लागि पहल भए पनि बाँदरको प्रकोपबाट विनास भएको बालीको बिमा नहुने भएकाले बाँदरबाट पीडित कृषकहरुले नष्ट भएको अन्नबालीकोे बिमा गर्नुपर्ने माग गरेका छन् । – सन्तोष थापा / उज्यालो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।