देउवा नेतृत्वको सरकारद्वारा तुलसी गिरीलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय

काठमाडौं, १४ पुस । भर्खरै ताजा जनादेश लिएर निर्वाचित सरकारले झैं राजनीतिक नियुक्ति र दूरगामी महत्वका निर्णयहरु गर्दै आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाही मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

फाईल फोटो

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्योपचारका लागि भन्दै २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

निर्वाचनको नयाँ नतिजा आएपछि देउवा सरकारले सरकारी कोषबाट आसेपासेलाई १० करोड रुपौया वितरण गरिसकेका छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्री कमल थापाको प्रस्ताव अनुरुप गिरीलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको हो । विहीवारकै मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सयभन्दा बढीलाई आर्थिक सहायता दिने निर्णय गरेको जनाइएको छ । – चक्रपथ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।