सत्ता लम्ब्याउन अर्को चालबाजी गर्दै देउवा !, एमालेलाई देखाईदिने भन्दै यति सम्म गर्दैछन् देउवा…

सरकारले प्रदेश प्रमुख नियुक्त गरेर प्रदेश सभालाई पूर्णता दिएर मात्रै बाहिरिने तयारी गरेको छ । राष्ट्रिय सभा सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पारित भएसँगै सरकारले प्रदेश प्रमुख नियुक्तिको बाटो खुलेको भन्दै प्रमुख नियुक्ति गर्ने तयारी चलिरहेको जनाएको छ ।

कानून मन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभाले पूर्णता नपाउने संवैधानिक प्रावधान अनुसार अध्यादेश प्रमाणिकरण भएकोले अब त्यसको गाँठो फुकेको प्रतिक्रिया दिए । उनले अब यही सरकारले प्रदेश प्रमुख नियुक्त गरेर प्रदेशसभालाई पनि पूर्णता दिने जानकारी दिएका छन् ।

हाम्राकुराले गरेको वार्तामा थापाले भने अब केहिले छेक्दैन । यही सरकारले राष्ट्रिय सभालाई पनि पूर्णता दिनको लागि प्रदेश प्रमुखको नियुक्ति गर्दछ । यद्यपि अहिले तत्काल प्रदेश प्रमुख नियुक्त नगर्न भन्दै सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ ।

उता, सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने भनिरहँदा नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने केही समय अघि नै यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुसँग सपथ नखाने घोषणा गरिसकेका छन् ।

संसद्को ठूलो दलका अध्यक्षले बोलेको यो अभिव्यक्ति र प्रदेश प्रमुख नियुक्त गरेर जाने सरकारको निर्णयले फेरि सरकार पक्ष र प्रतिपक्षबीच टकराव सिर्जना हुने देखिएको छ ।

अहिले सरकारले प्रदेश प्रमुख तोकेर गयो भने केपी ओलीले आफ्ना सांसद्हरुलार्इ सपथ खान नै रोक्लान् कि आफ्नो अभिव्यक्ति फिर्ता लेलान् भन्ने बारेमा भने अहिले नै केही भन्न सकिने अवस्था देखिँदैन । – हाम्रो ईकोनोमी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖