एड्स लाग्दैन हामीलाई बब्बाल काइदा, भन्टाङ भुन्टुङ हुँदैन हामीलाई डब्बल फाइदा – हेर्नुहोस् कण्डम गीत

कण्डमको महत्व बुझाई प्रयोगदर बढाउन भन्दै युवाहरुको एउटा समूहले कण्डम गीत (भिडियो सहित) बनाएका छन् । वी फर चेन्ज नामक समूहले बनाएको सो गीतमा स्वर र संगीत अल्मोडा राना उप्रेतीको छ । गायनमा उनलाई सुजाता बर्माले साथ दिएकी छन् ।

दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौँ भन्ने नाराका साथ २२ औँ राष्ट्रिय कण्डम दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शव्द पनि नारा सुहाउदो छ ‘एड्स लाग्दैन हामीलाई बब्बाल काइदा, भन्टाङ भुन्टुङ हुँदैन हामीलाई डब्बल फाइदा ‘

‘वी फर चेन्ज’समूहका सदस्यहरुको अभिनय रहेको सो गीतको भिडियो ३ मिनेट ३४ सेकेण्डको छ । राष्ट्रिय कण्डम दिवसको अवसरमा शुक्रबार दिउसो टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको हलमा भएको एक औपचारिक कार्यक्रममा स्वास्थ्यसचिव डा.सेनेन्द्रराज उप्रेतीले सो गीतको अनावरण गरेका थिए । हेर्नुहोस गीत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖