नेपालगंजमा पूर्वराजा ज्ञानेन्द्र शाहले किन गरे यस्तो, सुरक्षा निकायमा भागाभाग !

नेपालगञ्ज । पाँच दिनदेखि नेपालगञ्जमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्ज बजारको अवलोकन गरेका छन् । सुरक्षा निकायलाई थाहै नदिई पूर्वराजा सोमबार बिहान बाहिर निस्केपछि प्रहरीको भने कुदाकुद भएको नेपाल पानामा खबर छ ।

बा २ च ६४१८ नम्बरको कार चलाएर ज्ञानेन्द्र नेपालगञ्ज बजारतिर निस्केका थिए । पूर्वराजाले नेपालगञ्जको सुर्खेतरोडमा केहीबेर यात्रा गरे । नेपालगञ्ज भन्सारसम्म पुगेर फर्किएका ज्ञानेन्द्र होटलमा नपसी फेरि कोहलपुरतिर लागेका थिए । गनापुरबाट फर्किएर ज्ञानेन्द्र सोल्टी होटल पुगेका थिए ।

पूर्वराजा एक्कासी केही नभनी हिँडेपछि बाँके प्रहरीलाई तनाव भएको छ । सोल्टी होटलबाट नेपालगञ्ज बजारतिर निस्केपछि बागेश्वरी मन्दिर दर्शन हुन सक्ने बुझेर प्रहरीको एउटा टोली मन्दिरमा पुगेको थियो । वडा प्रहरी कार्यालयका इन्चार्ज राजन गौतमको टोली धेरैबेरसम्म मन्दिर बसेर फर्कियो ।

पूर्वराजा कोहलपुरतिर गएको भन्ने बित्तिकै अर्का प्रहरी निरीक्षक बसन्त गौतमको टोली कोहलपुरतिर हान्नियो। उसले पनि राजालाई भेट्न सकेन ।

केहीबेरपछि पूर्वराजा सोल्टी होटलमा पुगेको त्यहाँ रहेका असईले जानकारी गराएपछि कोहलपुरतिर लागेको र बागेश्वरी मन्दिरमा रहेको प्रहरी टोली फर्किएको छ। पूर्वराजाको भ्रमणतालिका सुरक्षा निकायलाई नदिँदा बाँके प्रहरी तनावमा छ।

सोल्टी होटलमा बसेका पूर्वराजपरिवारको सुरक्षामा सशस्त्र प्रहरीको टोली खटिएको छ । सशस्त्र डिएसपीले कमाण्ड गरेको टोली त्यही बसेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।