‘माकाफुँई’ नदेखाउन सचिव भट्टराईलाई केन्द्रीय नेताको चेतावनी !

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेवारी भाषाको शब्द ‘माकाफुँई’लाई राजनीतिमा नर्बिसने शब्द बनाए । माओबादी केन्द्र र उसका अध्यक्ष प्रचण्डले बाँदरको जस्तो फुर्ती (त्यस्तो फुर्ति जसको कुनै अर्थ हुन्न, ताइ न तुइको) देखाएको अर्थमा उनले सो उपमाको प्रयोग गरेका थिए । नेवारका ज्वाईँ ओलीले माओवादीलाई भिराएको सो उपमा अहिले एमालेभित्रै चल्तिमा देखिएको छ, त्यो पनि आफ्नैको उछितो काढ्न ।

सचिव योगेश भट्टराईले नेतृत्व हस्तान्तरणको बहश उठाएपछि ओली निकट नेता बिष्णु रिमाल सार्वजनिकरुपमै खरो उत्रिएका छन् । उनले भट्टराईले ‘माकाफुँई’ देखाएको भन्दै ट्विटेका छन् । ओलीकै जस्तो भाषाशैलीमा रिमालले भट्टराईलाई दनक दिएका हुन् । ओलीकै भरथेकमा चुनाव जितेर ओलीसँगै सिँघुरी खेल्न खोजेको भन्दै रिमालले कडा टिप्पणी लेखेपछि सचिव भट्टरार्इ प्रत्युत्तर दिएका छन् ।

रिमाललाई ३५ बर्षदेखि चिनेको र उनी आफूप्रति जेजस्तो भएपनि आफू रिमालप्रति सदैव हितैषी रहने भट्टराईले उल्लेख गरेका छन् । रिमाल ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए ।

ओली र भट्टराईबीचको छेड्खानीलाई एमालेभित्रको अन्तरसंघर्षका रुपमा हेरिएको छ । महासचिव ईश्वर पोखरेललाई प्रधानमन्त्री बनाउने प्रस्ताव भट्टराईले गरेको समाचार बाहिरिएसँगै एमालेभित्र तरंग पैदा भएको हाे । पोखरेलले सो प्रस्तावमा समर्थन जनाएमा एमालेभित्रको राजनीतिमात्रै होइन, देशकै राजनीतिले नयाँ मोड लिने निश्चित छ । – नेपालआजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।