आन्दोलनकारी आफैले बनाए प्रदेश मन्त्रालय !

डोटी । प्रदेश नम्बर ७ को राजधानी माग गर्दै आन्दोलित भएका डोटीबासीले आज पनि आन्दोलनका विभिन्न गतिविधि संचालन गरेका छन्। सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीस्थित दिपायलमा रहेका क्षेत्रीय कार्यालयहरुमा संघर्ष समितिको नेतृत्वमा आन्दोलनकारीले विभिन्न प्रादेशीक मन्त्रालयहरुका बोर्ड झुण्ड्याइएका छन्।

जिल्लास्थित सरकारी कार्यालयहरुमा तालाबन्दी गरेपश्चात क्षेत्रमा रहेका क्षेत्रीय कार्यालयहरुमा मन्त्रालयका व्यानर राखिएको हो। क्षेत्रको प्रमुख प्रशासन कार्यालयको रुपमा रहेको क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश गृह मन्त्रालयको व्यानर राखिएको छ। त्यसैगरी क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा अर्थ मन्त्रालयको व्यानर राखिएको छ।

त्यसैगरी भरखरै निर्माण भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको अत्याधुनिक भवनमा प्रदेश मन्त्रीपरिषद् एवं मुख्यमन्त्रीको कार्यालयको रुपमा बोर्ड राखिएको छ। सोही भवनमा प्रदेश संसद सचिवालय समेत राखिएको छ। क्षेत्रीय कृषि निर्देशनालयको कार्यालयमा कृषि तथा भूमी व्यवस्थापन मन्त्रालयको बोर्ड राखिएको छ भने पशु सेवा निर्देशनालयको कार्यालयमा वन विज्ञान तथा वातावरण मन्त्रालयको व्यानर राखिएको छ।

यदि सरकारले प्रादेशीक राजधानी डोटी कायम गरेन भने अझै ससक्त रुपमा आन्दोलन अगाडि बढाइने संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले जानकारी दिए। जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरुको पूर्ण सहयोग र सहभागीतामा संचालन भएको आन्दोलनले शसक्त रुप लिदै गएको छ। – खगेन्द्रबहादुर सिंह / अन्नपूर्ण पोष्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖