यता देउवाको सरकार छोड्न आनाकानी, उता देउवा पत्नी आरजु राणाद्वारा आफ्ना मान्छे राखेर नीतिगत भ्रष्टाचार !

काठमाण्डौ, २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले भौतिक योजना तथा यातायात मन्त्रालयमा आफ्ना मान्छे राखेर नीतिगत भ्रष्टाचार गर्ने गरेको पाइएको छ ।

विशेषगरी सडक निर्माणका क्रममा ठेक्का पट्टा आफ्ना मान्छेलाई पारेर करोडौँ कमिसन खाने गरेको बताइएको छ । मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हरेक हप्ता कमिसनको भाग आरजुलाई दिने गरेको छन् । त्यसैगरी सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलको समेत भ्रष्टाचारमा संलग्नता हुने गरेको छ ।

सडक विभागको उपमहानिर्देशक समेत नभई आरजु देउवालाई १० करोड अग्रिम बुझाएर सिग्देल महानिर्देशक भएको उनका समकक्षीहरू नै भन्ने गर्दछन् ।

आरजुको आडमा सचिव र महानिर्देशले सार्वजनिक लेखाको दफा नै परिवर्तन गरी भ्रष्टाचार गरेको बताइएको छ । पछिल्लो समय अरबौँ रुपैयाँभन्दा बढि भ्रष्टाचार हुने गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्ने तयारी गरेको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालयमा पछिल्लो समय आरजुकै मान्छे रमेश लेखक र वीरबहादुर बलायरलाई पालैपालो पठाइएको थियो ।
काम सुरु हुनुअघि नै अग्रिम कमिसन लिने र आरजुलाई भाग लगाएर दिने गरिएको आरोप कतिपयको छ ।

मन्त्रालयका सचिव र विभागका प्रमुखले आरजु र शेरबहादुरको आडमा कर्मचारीलाई समेत आफ्नो प्रभावमा पर्ने गरेका छन् ।

कमजोर सडक बनाएर भ्रष्टाचारलाई प्रश्रय दिने गरिए पनि नियमन र अनुगमन नहुँदा भ्रष्ट प्रवृत्ति मौलाएको भन्दै कतिपयले चिन्ता व्यक्ति गर्न थालेका छन् ।

आरजुले मध्यपहाडी लोकमार्ग पश्चिम खण्डको १२ अर्ब रुपैयााको ठेक्का पनि सेटिङमा ६ वटा ठूला निर्माण ब्यवसायीलाई दिएर देशलाई २ अर्बभन्दा बढी नोक्सान पु¥याइन् ।

मध्यपहाडी आयोजना प्रमुख सूर्य भाट र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको योजनामा ६ वटा ठूला ठेकेदारलाई मात्र दिनेगरी टेण्डर गरिएको थियो । सार्वजनिक खरिद नियमावलीका केही दफाहरू संशोधन गरी जसरी आरजुले ३० अर्बको धरान–चतरा–हेटौंडा सडक आयोजना ६ वटा ठेकेदारलाई मात्र दिएकी थिइन्, मध्यपहाडीमा पनि यही प्रक्रिया अपनाएर राष्ट्रलाई अरबौं घाटा पारिएको छ ।

कालिका कन्ष्ट्रक्सन, लामा कन्ष्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, शर्मा एण्ड कम्पनी, तुदी कन्ष्ट्रक्सनलगायतका निर्माण ब्यवसायीलाई मात्र ठेक्का दिइएको छ । यदि स्वस्थ प्रतिस्पर्धा हुदा १२ अर्बको ठेक्कामा १० अर्ब वा ८ अर्बमा काम गर्नेगरी निर्माण ब्यवसायीहरूले प्रस्ताव हाल्ने थिए ।

तर पहिले नै सेटिङ गरी ठेक्का दिएर देशलाई धरान–चतराको ३० अर्ब ठेक्कामा १ अर्ब आरजुले नै अग्रिम घुस लिएको कुरा बाहिर आएको छ । – रिपोर्टस नेपाल यो खबर जुमएनपीबाट साभार गरिएको ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।