माओवादी केन्द्रका युवा नेता न्यौपानेले भने,- एमालेसँग एकता गर्नु भनेको बिलय नै हो, तर बोल्न मिल्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले एमालेसंग पार्टी एकता नभएर माओवादी केन्द्रको एमालेमा बिलय हुने बताएका छन् । हिजो (बुधबार) प्रज्ञा प्रतिष्ठान राष्ट्रिय फेडेरेसन तथा केही अरु संगठनबाट प्रबेश गरेका बिद्यार्थीहरुलाई प्रशिक्षण दिन प्रमुख अतिथि बनेका उनले सो कुरा बताएका हुन् । ईमान्दार मिडियामा खबर छ ।

उनले बिद्यार्थीहरुलाई भने “एमालेसंग पार्टी एकता होइन बिलयनै हो, हाम्रो इतिहास बचाउन हामीले बहस चलाउनु पर्छ ।” मैले भन्न सक्ने कुरा यती हो । माथिल्लो तहमा नेताहरुले कुरा गरिरहेका छन् हामीले बोल्न मिल्दैन तर पार्टी भित्र हामी युवा बिद्यार्थीहरुले बहस चलाऔ । हाम्रो इतिहास बचाउन पनि त्यो गर्नै पर्छ ।

यदि तपाई हामी सचेत भएनौ भने हाम्रो त्याग, तपस्या र प्राप्त इतिहार सबै खेर जाने खतरा छ । उनले नेतृत्व प्रति आक्रोश नदेखाएपनि एकताको भने खुलेरै बिरोध गरेका थिए ।

पार्टी एकता बाध्यता भएको भन्दै त्यसका लागि मुलभूत आधारहरु तयारपारिनुपर्ने बताएका छन् । ‘पार्टी एकता गर्ने विषयवस्तु सामान्य होइन, यसमा इतिहासको रक्षाको प्रश्न छ ।’ उनले भने -‘कार्यकर्ताहरुलेको रक्षाको प्रश्न छ, नेपाली समाजको अध्ययन गरेर राजनीतिक, आर्थिक, सामाजिक हिसावले नेतृत्व गर्ने बिषय छ ।’ यी सबै विषयमा पार्टीभित्र र बाहिर छलफल कहिँ पनि नभएको उनले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।