कांग्रेस नेता गुरु घिमिरेले भने,- अब ओली नै प्रधानमन्त्री बन्नुपर्छ र बाम एकता पनि हुनु पर्छ (भिडियोसहित)

‘सात भाइको प्रश्न देउवालाई मात्र होइन, संसदीय बोर्डमा बस्नेलार्इ पनि हो’

स्थानीय चुनावदेखि कांग्रेसलाई रक्षात्मक बनाउँदै आक्रामक अभियानमा लागेको नेकपा एमालेले सत्ता सहयात्री माओवादी केन्द्रलाई खोसेर लैजाँदासमेत कांग्रेस नेतृत्व बेखबर बन्यो । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोगले शहरी जनमत कांग्रेसको विपक्षमा गइसकेको थियो, जसको परिणाम काठमाडौं महानगरलगायत देशका ठूला शहरहरुमा माओवादीसँग मिल्न पनि कांग्रेस पराजित भयो । आइजीपी नियुक्ति प्रकणको अपजश पनि कांग्रेसको थाप्लोमा आइलाग्यो ।

राज्यकोषबाट करोडौं रुपैयाँ बाँडेको कुरा विपक्षीले जसरी प्रचारमा लगे, कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न सकिएन । पार्टीभित्र टिकट वितरणमा चरम लापरवाही र पैसाको चलखेलसम्म भयो । कांग्रेस हार्नुमा यी र यस्तै धेरै कारणहरु निर्णायक बने र अझै नसुध्रिने हो भने झन ठूलो दर्भाग्यको सामना गर्नुपर्नेछ ।

समग्रमा कांग्रेसभित्र अहिले युवा नेताहरुले गरेको बहसको संश्लेषण यही हो । यही बहसको आलोकमा उभिएर कांग्रेस केन्द्रीय कार्यसमितिका ७ जना प्रभावशाली युवा नेताहरुले संयुक्त विज्ञप्तिमार्फत केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन नेतृत्वलाई दबाव दिएका छन् । उनीहरुले पार्टी हारको समीक्षा र अब आउने चुनावहरुमा जित्ने रणनीतिसहित नयाँ ढंगबाट अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् ।

तीनै ७ भाइमध्येका एक कांग्रेस केन्द्रीय सदस्य तथा नेवि संघका पूर्वअध्यक्ष गुरुराज घिमिरेले संविधान जारी भएपछि एमालेसँगको सहकार्य तोडेर केपी ओलीसँग सुशील कोइरालाले प्रधानमन्त्रीमा प्रतस्पिर्धा गरेकै दिनदेखि कांग्रेसको अधोगति शुरु भएको निष्कर्ष सुनाए । अहिले वामपन्थी गठबन्धनको मुख्य नेताका रुपमा केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा देख्न जनताले चाहेकोले कांग्रेसले जनादेश स्वीकार गरेर प्रतिपक्षमा बस्नुपर्ने उनको सुझाव छ । प्रस्तुत छ, घिमिरेसँग अनलाइनखबरले गरेको संवादको सार :-

पार्टी सभापतिलाई मात्र जिम्मेवार बनाएर अरु नेता पन्छिन मिल्दैन । ०४८ देखि लगातार मन्त्री भएका र पार्टीको ओहोदामा बसेकाहरुले पनि जिम्मेवारी लिनुपर्छ । उहाँहरुले लिनुहुन्छ कि लिनुहुन्न ? संसदीय बोर्डमा बस्ने २४ जनाले पनि जिम्मा लिनुपर्छ । हामी सातजनाको प्रश्न देउवालाई मात्र होइन, मन्त्री र केसमा लामो समय बस्ने, संसदीय बोर्डमा बस्ने र पटक-पटक दोहोरिने नेताहरुलाई पनि हो ।

संविधान जारी भएपछि एमालेसँग सहकार्य तोड्नु कांग्रेसको भूल भयो,त्यसको मूल्य हामी चुकाउँदैछौं ।
अहिले सरकार चलाउने जनादेश प्राप्त पार्टी नेकपा एमाले र त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओली नै हुन् ।
माओवादी केन्द्रसँग निर्वाचनमा गठबन्धन गर्न सकेको भए यति ठूलो क्षति हुने थिएन, थोरबहुमत एमाले अगाडि हुन्थ्यो होला तर यस्तो क्षति हुने थिएन । हेर्नुस भिडियो

– अनलाइनखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।