कमल थापाको आडमा भ्रष्टाचार गर्नेहरु सलबलाए, दिपेन्द्र शर्मा र नेतृ कुन्ती शाहीको मिलेमतोमा अरबौँ भ्रष्टाचार

काठमाण्डौ । शहरी विकासमन्त्री दिलनाथ गिरीलाई निकाले आफैले मन्त्रालय सम्हालेका उर्जामन्त्री कमल थापाको आडमा भ्रष्टाचार गर्नेहरु सलबलाएका छन् । केही दिनअघि मात्रै शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट गिरीलाई थापाले नै फिर्ता बोलाएका थिए ।

शहरी विकास मन्त्रालयमार्फत हुने विभिन्न विकासे काम काम गर्ने निहुँमा कमिसनको खेल बढ्न थालेको छ । मन्त्रालयका सचिव दिपेन्द्र शर्मा र कमल थापाकै पार्टीकी नेतृ कुन्ती शाहीको मिलेमतोमा अरबौँ भ्रष्टाचार गर्ने प्रयास भइरहेको छ ।

पछिल्लो समय नेतृ शाही, सचिव शर्मा र राप्रपाकै कोषाध्यक्ष उद्धव पौडेलको सक्रियतामा शहरी विकास मन्त्रालयमार्फत हुन लागेको शहरी विकास योजनामा भ्रष्टाचार गर्न लागिएको बताइएको छ ।

मन्त्रालयअन्तरगतको करिब १५ अर्बको योजना ठेक्को पाइपलाइनमा रहेको बताइन्छ । यिनै ठेक्काका क्रममा गिरीले कमिसनको खेल रोक्न खोजेपछि अध्यक्ष थापाले फिर्ता बोलोएको आरोपसमेत लगाइएको छ ।

थापाको आडमा भ्रष्टाचार गर्न तम्सिएका शाही, शर्मा र पौडेलले काठमाण्डौको द्धारिकाज होटलमा बसेर कमिसनका लागि दलाली गर्दै आएको कतिपयले आशंका गरेका छन् ।

भ्रष्टाचार हुन लागेको सुइको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताइएको छ ।
सरकारले पछिल्लो समय घोषणा गरेका नगरपालिकामा सहरी पूर्वाधार निर्माण गर्न वार्षिक दुई अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । नयाँ नगरपालिकालाई व्यवस्थित बसोबास गर्न योग्य बनाउन यो रकम खर्चेर सहरी पूर्वाधार तयार गर्न लागिएको हो ।

अधिकाश नयाँ नगरपालिकामा सहरी पूर्वाधार अभाव छ । त्यसैले पछिल्लो समय घोषणा गरिएका एक सय ८५ वटा नगरपालिकामा पाँच वर्षसम्म पूर्वाधार विकासमा लगानी गर्ने गरी योजना तयार पारिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

यही आयोजनामा कमिसन खान नपाउने अवस्था आएपछि उर्जामन्त्री तथा राप्रपा अध्यक्ष थापाले दिलनाथ गिरीलाई हटाएको राप्रपाकै नेताहरुले आरोप लगाएका छन् । – रिपोटर्स क्लब नेपाल बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।