‘ब्लाक आउट’ धनकुटा !
धनकुटा खबर । अन्य स्थान भन्दा भौतिक संरचना,जमिन,शुरक्षा र हावापानीले उपयुक्त भएपनि धनकुटालाई प्रदेश नं. १ को अस्थाई राजधानी नतोकेको बिरोधमा धनकुटा बजार अंध्यारो बनाएर बिरोध प्रदर्शन गरिएको छ ।

संघर्ष समितिको आब्हानमा बजारका सबै घरका बक्ति बन्द गरेर धनकुटाका जनताहरुले राँके जुलुस प्रदर्शन गरेको छ ।
भीमनारायण चौक देखि राँके जुलुस प्रदर्शन गरेर आन्दोलनकारीहरुले मलन चौकमा भेला भई नाराबाजी गरेको थिए ।

बिभिन्न क्षेत्रीय कार्यालयहरु अन्यत्र सारेर धनकुटालाई सुनसान बउने क्रम संगै राजधानी नभए थप खण्डहर हुने संकेतमा उक्त ब्लाक आउट गरिएको संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।
गएको १ महिना देखि आन्दोलनमा रहेको धनकुटाबासीले भोली बिहबार आम हडतालको घोषणा गरेर धनकुटा बजार ठप्प बनाउने भएको छ ।

