जब सर्वोच्चको बहसमा मदन भण्डारीको कुरा उठ्यो…
काठमाडौं २७ पुस, निकै कडा सुरक्षाबीच सर्वाेच्च अदालतको इजलाश नम्बर ४ मा बुधबार डा. गोबिन्द केसीले अदालतको मानहानि गरेको अभियोगमा बहस भइरहेको थियो । इजलाशका न्यायाधीश थिए, पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठ । केसीको मुद्दामा बहस भइरहँदा सर्वाेच्च अदालतको इजलासमा बुधबार निकै अनौठो दृष्य पनि देखियो ।
सर्वाेच्चकै आदेशअनुसार अदालतको अवहेलना अभियोगमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक केसीको वयान सकिएपछि सुरु भएको बहसका क्रममा यसअघि अदालतमा कहिल्यै नदेखिएको दृष्य र शब्दहरू गुञ्जिए । त्यसैले बुधबार सर्वाेच्चको इजलाश नम्बर ४ सबैको चासोको विषय थियो । दुवै न्यायाधीश निकै गम्भीर थिए । बहसका लागि कानुन व्यवसायीको भाषामा गुरुदेव वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी उपस्थित थिए ।
अदालत सुधारको अभियानमा पाँचपटकसम्म अवहेलनाको मुद्दा बेहोरेका गुरुदेव भण्डारी आपैmँ डा. केसीको पक्षमा बहसमा उत्रिएका थिए । उनले रोजेका केसीको पक्षमा बहसमा थिए, श्रीहरि अर्याल, डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, विजय मिश्र, कपिलदेव ढकाल लगायतका कानुन व्यवसायीहरू । हेभीवेटका कानुन व्यवसायी (भण्डारी) जो आपैmँ संस्था बनेको छ, उपस्थित भएर बहस गरेपछि अन्य कानुन व्यवसायीको तर्क फिलतो हुनु स्वभाविक थियो । केसीको पक्षमा बहस गर्ने कानुन व्यवसायीको तर्क निकै हाबी बन्यो । यहीबीचमा अधिवक्ता कपिलदेव ढकालले तर्क राखे, इजलासमा बेग्लै बातावरण बन्यो । नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्दै बहुदलीय प्रतिस्पर्धामा ल्याउने नायक जननेता मदनकुमार भण्डारीको भनाई उधृत गर्दै ढकालले जव अदालतको गरिमा बचाउन अपिल गरेका थिए ढकालले ।
उभले भने, ‘श्रीमान्, मदन भण्डारीले राजालाई भन्नुहुन्थ्यो… महाराज आँखा नचम्काइबक्सियोस, हात नलम्काइबक्सियोस, राजनीति गर्ने भए श्रीपेच फुकालेर राजनीतिमा आइबक्सियोस् । आज कानुन व्यवसायीको हैसियतले भन्दै छु … बिहानै समातेको भए उज्यालो हुने थियो…घाम लाग्ने थियो… श्रीमान् हात नलम्काइबक्सियोस् …, साधारण तारिखमा डा. केसीलाई छोडिबक्सियोस ।’
१. कानुन व्यवसायीको नाताले सर्वोेच्च अदालतको प्रधानन्यायाधीशविरुद्ध बहस गर्नु पर्दा मलाई अत्यन्तै ग्लानी महसुस भइरहेको छ । त्यसैले श्रीमान्, नेपाल बारले कानुन व्यवसायीलाई दिएको लोगो फुकालेर बहस गरियो आज । अब आइन्दा यस खालको बहस गर्नु नपरोस् ।
२. सर्वोच्च अदालतका प्रधानन्यायाधीशको निर्देशनमा अदालतले नै तयार गरेको प्रतिवेदनकै आधारमा निजविरुद्ध नै बहसको अवसर सिर्जना हुनु अकल्पनीय घटना हो । सायद इतिहासमा पुनः यस्तो अवसर नजुट्ला । त्यो अवसरको प्रत्यक्ष साक्षी हुन पाइयो । यसका लागि मलाई गर्व छ ।
३. सम्माननीय प्रधानन्यायाधीशविरुद्ध यसअगाडि दर्ता भएको रिटमा पारदर्शिता खोजिएको भए आजको अवस्था आउने थिएन ।
४. सम्माननीयविरुद्ध लागेका नागरिकतालगायत शैक्षिक प्रमाणपत्रको प्रमाण हामीले पनि सामाजिक सञ्जालबाटै सेयर गर्न पाऔँ ।
५. २१औँ शताब्दिको लोकतन्त्र पारदर्शितामा अडेको छ । प्रधानन्यायाधीशले पनि पारदर्शिता अपनाउनुपर्छ ।
६. मदन भण्डारीले राजालाई भन्नुहुन्थ्यो, ‘महाराज आँखा नचम्काइबक्सियोस्, हात नलम्काइबक्सियोस्, राजनीति गर्ने भए श्रीपेच फुकालेर मैदानमा आइबक्सियोस् ।’ आज कानुन व्यवसायीको हैसियतले भन्दै छु … बिहानै समातेको भए उज्यालो हुने थियो… घाम लाग्ने थियो … श्रीमान्, हात नलम्काइबक्सियोस् …, साधारण तारिखमा डा. केसीलाई छोडिबक्सियोस् । – सौर्यदैनिक


