आङकाजीले भने- ‘मुक्तिको लागि आवाज उठाउँदा कसैले रातको १२ बजे गोली ठोक्छ भने पनि आङकाजी शेर्पा डराउने छैन ।’ (भिडियो सहित)

असनचोकमा खाली खुट्टा माडेको भारी बोक्ने बाहुन दाजुभाईको पक्षमा म सधैँ लड्नेछु

काठमाडौं । आङकाजी शेर्पाका अभिव्यक्ति अहिले पनि विवादमुक्त हुँदैनन् । ठूलो समुदाय उनलाई शंसयको नजरले हेरिरहन्छ । नेपालआजको टीमसँग उनले भनेअनुसार अचेल पनि फोनमार्फत धम्की आइरहन्छ । ‘तर म डराउँदिन’, उनले भने, ‘मुक्तिको लागि आवाज उठाउँदा कसैले रातको १२ बजे गोली ठोक्छ भने पनि आङकाजी शेर्पा डराउने छैन ।’

तर शेर्पा आफूलाई ‘बाहुनविरोधी’ ट्याग लगाइदिएको भन्दै त्यसप्रति असन्तुष्ट छन् । यथार्थमा आफूले सत्तामा रहेका ब्राह्मणको प्रबृत्तिको विरोध गरेको उनको तर्क छ । ‘असनचोकमा खाली खुट्टा माडेको भारी बोक्ने बाहुन दाजुभाईको पक्षमा म सधैँ लड्नेछु । ‘उत्पिडनमा परेका बाहुनको लागि लड्न आङकाजी तयार छ,’ शेर्पाले भने, ‘नेपालका सबै शासक ब्राह्मण हुन्, सबै ब्राह्मण शासक हैनन् ।’

यसबाहेक शेर्पाले ब्राह्मण समुदायमा पितृसत्ताको कारण पीडित महिलाहरुको पक्षमा आफू रहेको पनि बताए । बौद्धस्थित शेर्पाकै निवासमा भएको लामो कुराकानीमा नेपालआज टीमसँग अफ्नोबारेमा गलत प्रचार गरिएको भन्दै गुनासो पनि गरेका छन् । जातीय उत्पिडनको संघर्ष गरेको कुरालाई अनावस्यक रुपमा ब्याख्या गर्दै व्यक्तिगत विरोध भएको भन्दै त्यसप्रति उनले असन्तुष्टि पोखे । आधा घण्टाको भिडियो अन्तरवार्तामा आङकाजी शेर्पाले मूलतः पहिचानको राजनीति र आफ्नो व्यक्तित्वबारे खुलेर बोलेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।