मनै रुवाउने यी दाजु-भाईको दु:ख : भन्छन,- आमाको मृत्यु पछी पेटभरी खानै पाएनौ

काठमाडौं । आमा बितेपछि उनले न पेटभरि खान पाए न लुगाले राम्रोसँग शरीर ढाक्न नै । चिसो धेरै भएकाले साढे ३ वर्षका सानेले आजभोलि बिहानबेलुका अगेनो छाड्दैनन् ।आगो बालेकै ठाउँमा निदाउँछन् !दारेचोक ९, धुसाका साने चेपाङकी आमा गोमाले १५ महिनाअघि संसार त्यागिन् । आमा बितेपछि उनले न पेटभरि खान पाए न लुगाले राम्रोसँग शरीर ढाक्न नै ।

चिसो धेरै भएकाले साढे ३ वर्षका सानेले आजभोलि बिहानबेलुका अगेनोछाड्दैनन् ।आगो बालेकै ठाउँमा निदाउँछन् । गोमाले १५ महिनाअघि झुन्डिएर आत्महत्या गरिन् । बाबु सुकबहादुर फिस्लिङ बजारमा ज्याला मजदुरी गर्छन् ।राति अबेर घर फर्कन्छन् । नभ्याउँदा बजारतिरै बस्छन् । उनको हेरचाह गर्ने कोही हुँदैन । आमा बितेपछि उनी ठूली आमा आइतीमायासँग बसेका छन् । आइतीमायाको घरमा अहिले अनिकाल छ । त्यही भएर पेटभरि खान पाउँदैनन् ।

उनी केहीखान नपाउँदै भोकै सुत्न बाध्य हुन्छन् । उनको जस्तै उनको दाइ सुदीपको अवस्था पनि उस्तै छ । गोमाले हात्महत्या गरेसँगै दुवै दाजुभाइको विचल्ली भएको हो । उनीहरूको घर भूकम्पले चर्किएको छ । सुदीप भने काकाको घरमा बस्छन् ।

काकाको घर भूकम्पले भत्किएको छ । ४ जनाको परिवार टहरोमै बस्छन् । जस्ताले बारेको टहरो चिसो हुने भए पनि पीडा सहेर परिवार बसेका छन् । सरसफाइ गरिदिने कोही छैन । लुगा नधोएको महिनौं भयो । लुगा सहयोगीले दिएका हुन् ।आइतीमायाको घर पनि भूकम्पले भत्किएको छ । सानोजस्ता हालेर बास बस्ने ठाउँ बनाएकी छन् । ‘आमाले छाडेर गइन्, बाउ फिस्लिङतिरै काममा व्यस्त हुन्छन्,’ उनले भनिन्, ‘२ बालक हेरचाह गर्न समस्या भएको छ, कतै राम्रो ठाउँ पाए लगेर पढाउने व्यवस्था गर्नु हुन्थ्यो ।’

उनले अनिकालले गर्दा खान र बस्न समस्या भएको बताइन् । उनको ६ जनाको परिवार छ । ‘अहिलेसम्म दु:खसुख पालेका छौं, आफूले जे खायो त्यही खान दिएका छौं,’ उनले भनिन्, ‘तर राम्रो ठाउँमा लगेर राख्न पाए यी नाबालकको भविष्य बन्ने थियो कि ।’

ज्याला मजदुरी गरी छाक जुटाउने गरेको उनले बताइन् । ८ वर्षीय सुदीप राप्रावि धुसामा कक्षा १ मा पढछन् । तर, नियमित विद्यालय जाँदैनन्। ‘आमा झुन्डिएर बित्यो, हामीले दु:ख पायौं,’ सुदीपले भने, ‘पढेर मास्टर बन्न मन छ, भाइलाई पनि पढाउन मन छ ।’ साने भने विद्यालय गएका छैनन् । उमेर सानो भएकाले विद्यालय जान नदिएको आइतीमायाले बताइन् । ‘गरिबको कोखमा जन्म लिएर दाजुभाइले दु:ख पाए,’ उनले भनिन् ।- मिडीयाएनपी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।