आन्दोलनकारी र प्रशासनवीचको बार्ता निश्कर्ष बिहिन
धनकुटा खबर । धनकुटामा जारी निशेधाज्ञाको बिषयलाई लिएर आन्दोलनकारी र प्रशासनवीच भएको बार्ता निश्कर्ष बिहिन टुग्गिएको छ ।
बैठकमा अनन्दोलनकारी र प्रशासनले आ–आफ्नै अडान नछाडेपछि बैठक निष्कर्ष बिहिन टुंगिएको हो ।
आन्दोलन फिर्ता गरे निशेधाज्ञा खोल्ने प्रशासनले शर्त राखेपछि बार्ता निष्कर्ष बिहीन बिहिन भएर टुग्गिएको आन्दोलन परिचालनका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।
बाँकी आन्दोलनको बारेमा बैठक बसेर तय गरिने परिचालन संयोजक श्रेष्ठले जानकारी दिए । यता प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले भने जिल्लामा जारी निशेधाज्ञालाई केहि लचिलो बनाएर यातायात र बजार खोलिने जानकारी दिए ।
यद्यपी बुधबार बिहान १२ बजेबाट धनकुटा बजार क्षेत्रमा जारी भएको निषेधाज्ञा कायम रहने उनले बताए ।
गएको ३४ दिन धनकुटालाई प्रदेश नम्बर १ को अस्थायी मुकाम नतोकेको विरोधमा भएको आन्दोलनका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ ।


