नेपाली भूमी भारतमा परेको विरोधमा नेपाली उत्रेपछि रोकियो नेपाल-भारत बीच नयाँ सिमा स्तम्भ राख्ने काम

कयौँ विघा नेपाली भूमी भारतमा परेको विरोधमा नेपाली उत्रेपछि सिमानामा नया सिमा स्तम्भ राख्ने काम रोकिएको छ । सीमामा हराएका र जीर्ण सीमास्तम्भ (पिलर) हरु मर्मत र निर्माणका क्रममा भारततर्फ पर्न गएका नेपाली जग्गाका धनीहरुहरु विरोधमा उत्रेपछि दुवै पक्षले काम रोकेका हुन् । दुवै देशको सीमास्थित दशगजा क्षेत्रमा हराएका तथा पुराना क्षतिग्रस्त पिलरको मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिका–१ छपकैयाका १२ स्थानीयको ३० बिघा भन्दा धेरै नम्बरी जग्गा भारतमा पुगेको थियो ।

फाईल फोटो

भारतमा पुगेको नेपाली जग्ग्गा धनीहरुले विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा नापी विभागले बाँकी पिलरहरुको मर्मत र पुनर्निर्माण रोकेको हो । पीडित जग्गा धनीहरुले नयाँ पिलर गाडेपछि लाजपूर्जा भएको नम्बरी जग्गा भारतमा परेको भन्दै निवेदन दिएपछि तत्कालका लागि पिलर मर्मत र पुनर्निर्माणको काम रोक्न जिल्ल प्रशासन कार्यालयले नापी विभागको टोलीलाई आग्रह गरेपछि काम रोकिएको हो ।

‘विवादित सीमाक्षेत्रबारे टुङ्गो नलागेसम्म पिलर मर्मत र पुनर्निर्माणको काम अगाडि नबढाउन प्रशासनले आग्रह गरेपछि नापीको टोलीले काम रोकेको छ’, शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ल अधिकारी विनोद प्रकाश सिंहले भने, ‘स्थानीय जग्गाधनीहरुलाइ चित्त बुझाएर मात्रै काम अगाडि बढ्छ ।’

विवादी सीमाक्षेत्रको स्थलगत अध्ययनका लागि काठमाडौँबाट नापी विभागका निर्देशक अनिल मरासीनीको टोली शुक्रबार वीरगन्ज आइपुगेपछि शनिवारदेखि उक्त टोलीले स्थलगत अध्ययन शुरु गर्ने नापी विभागका प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले जानकारी दिए ।

नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दगशजा क्षेत्रमा पिलरहरुको मर्मत र निर्माण गर्ने क्रममा छपकैयामा स्थानीय रवीन्द्र महतो कोइरी, महावीर दास, बद्री साह, नेमी साह, असर्फी साह कानुसहित १२ नेपालीको ३० बिघा भन्दा बढी नम्बरी जग्गा भारततर्फ गएपछि विवाद भएको छ ।

३९२ नम्बरको जङ्गे पिल्लर अन्तर्गतका २९ वटा सहायक पिलरमध्ये १२ वटा पिलर स्थानीयको लालपुर्जा भएकै जग्गामा परेको छ । नेपाल भारतको सीमा व्यावस्थापनका लागि सन् १८४० मा दुवै देशबीच भएको सुगौली सन्धिमाउल्लेख गरिएको सीमा नक्शांकनका आधारमा अहिले पिलर निर्माण भइरहेको थियो ।

तर वीरगन्ज–१ छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपालतर्फ परेपछि स्थानीयले वर्षौँदेखि भोगचलन गर्दै आएको ३० बिघा भन्दा बढी जग्गा भारततर्फ पर्न गएको हो ।

पिलर गाड्ने क्रममा स्थानीयसँग सुझाव समेत नलिई जिपिएस प्रणालीद्वारा लिइएको नक्साको भर परेकाले आपूmहरुको जग्गा भारतमा पर्न गएपछि काम रोक्न माग गर्दै विरोधमा उत्रनुपरेको पीडित जग्गाधनी रवीन्द्र महतो कोइरीले बताए । उनको खेतमै नयाँ पिलर राखिएपछि चार कठ्ठा नम्बरी जग्गा भारततर्फ पर्न गएको छ । – अन्नपूर्णपोष्ट बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।