केपी ओलीलाई टेलिफोन गर्दै भारतीय प्रधानमन्त्री मोदीले के भने ?

काठमाडौं, ७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी नेपालमा बन्ने नयाँ सरकारको प्रतीक्षामा रहेको वताएका छन् । एमाले–माओवादी एकता संयोजन समितिको बैठक करिव अन्तिममा पुगेका बेला ओलीलाई टेलिफोन गर्दै भारतीय प्रधानमन्त्री मोदीले आफू नयाँ सरकारसँग काम गर्न ब्यग्र रहेको वताएका हुन् ।

प्रत्यक्ष तर्फको चुनावी परिणाम आएको दुई हप्तापछि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई टेलिफोन गरी चुनावी विजयका लागि वधाई दिएका थिए ।

नयाँ सरकार बन्ने प्रक्रियामा राष्ट्रियसभा निर्वाचनका कारण ढिलाई भइरहेको अवस्थामा एमाले अध्यक्ष ओलीलाई मोदीको दोस्रो फोन आएको हो । एक महिनाभित्र वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने र प्रधानमन्त्री केपी ओली बन्ने सर्वत्र अनुमान गरिएका बेला मोदीले ओली नेतृत्वसँग सहकार्य गर्न इच्छुक भएको वताएका हुन् ।

नेपालको विकास र समृद्धिका लागि नयाँ सरकारले अघि सार्ने हरेक कार्यक्रममा आफू सहयोगी हुने इच्छा मोदीले ब्यक्त गरेका छन् ।

करिव साढे ४ मिनेट भएको टेलिफोन संवादमा एमाले अध्यक्ष ओलीले मोदीको सदासयताका लागि धन्यवाद दिए । नेपाल राजनीतिक स्थायित्वको मार्गतर्फ अग्रसर भएको र अव विकासको लक्ष्य हासिल गर्न छिमेकीका रुपमा भारतको सहयोग महत्वपूर्ण हुने ओलीको भनाई थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।