बामपन्थीहरुलाई ध्रुवीकरण हुन अपिल गर्दै बिप्लवका २ जिल्ला सदस्यले पार्टी छाडे
धनकुटा खबर । बिप्लव नेतृत्वको नेकपा माओवादी धनकुटाका २ जिल्ला कमिटी सदस्यले पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उक्त पार्टीका जिल्ला सदस्यहरु यज्ञ प्रसाद भण्डारी र दिपक भण्डारीले बिज्ञप्ती जारी गरेर उक्त जानकारी दिएका छन् । बिज्ञप्तीम भनिएको छ–‘परिवर्तनका पक्षधर सम्पूर्ण बामपन्थीहरुलाई ध्रुविकरण हुन आग्रह गर्दै नेकपा आओवादी केन्द्रमा समाहित भएको जानकारी गराउँदछौं ।’
वर्तमान बाम गठबन्धन देशको समृद्धिका लागि भएको एक सुखद र सकरात्मक पक्ष भएकोले पनि आफूहरु माओवादी केन्द्रमा समाहित भएको उनीहरुले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।



