भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्छ भन्नेलाई बिबेकशील-साझाको समर्थन

काठमाडौं, ११ माघ । भ्रष्टाचारको विरोध गर्दै जनताको मन जित्न सफल विवेकशील साझा पार्टीले भ्रष्टाचारीको पक्षमा कानुन संशोधन गर्न माग गर्ने नेपाली कांग्रेसका राधेश्याम अधिकारीलाई राष्ट्रियसभाको सदस्य पदमा समर्थन गर्ने भएको छ । भ्रष्टाचारको विरोध गर्दै नयाँशक्ति पार्टी खोलेका डा. बाबुराम भट्टराईले पनि अधिकारीलाई नै समर्थन गर्ने भएका छन् ।

राधेश्याम अधिकारी संसद् सदस्य हुँदा अदालतबाट भ्रष्टाचारी प्रमाणित खुमबहादुर खड्काहरूलाई चुनाावमा लड्न दिनुपर्छ भनेर संशोधन हाल्ने काम गरेका थिए । भ्रष्टाचारी प्रमाणित भएका खुमबहादुरहरुको हितका लागि कानुन संंशोधन गर्नुपर्छ भन्ने राधेश्याम अधिकारीलाई राष्ट्रियसभामा मत दिने निर्णयले विवेकशील साझा र नयाँशक्ति पार्टी कताबाट परिचालित रहेछन्, उनीहरूको भ्रष्टाचारको विरोधभित्रको अन्तर्य के रहेछ भन्ने छर्लङ्ग भएको छ ।

विवेकशील साझाले अधिकारीलाई समर्थन गरेपछि एमाले प्रचार विभागका सचिव विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘संसद् सदस्य हुँदा अदालतबाट भ्रष्टाचारी प्रमाणित ९खुमबहादुर जस्तै० लाई चुनाावमा लड्न दिनुपर्छ भनेर संशोधन हाल्ने राधेश्याम अधिकारीलाई विवेकशील साझाले समर्थन गर्ने भएछ ।

भ्रष्टाचारीलाई किरा परोस् भनेर टिसर्ट लगाएर प्रचार गर्ने रविन्द्र मिश्रले किन यसरी गन्हाएको मम रोजेका होलान् ? विवेकशील साझाको ३ नम्बर प्रदेशसभामा ३ मत छ भने नयाँशक्ति पार्टीले रसुवाबाट एक सिट जितेको छ । नयाँशक्तिको रसुवाको एक स्थानीय तह पनि जितेको छ । नयाँ पेजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖