देउडा खेलमै एमाले-कांग्रेसबीच चर्काचर्की- हेर्नुस भिडियो सहित
अछाम । पछिल्लो समयमा नेपाली समाजमा राजनीतिले ब्यापकता छाएको देख्न सकिन्छ । सामाजिक रुपमा हुने साना देखि ठुला गतिबिधीहरुमा राजनिती जाेडिने गरेकाे छ । राजनीतिले नेपाली समाजमा नराम्रो बिकृति समेत फैलाएको छ । त्यस्तै एउटा घटना अछाममा घटेको छ । केहि समय अगाडि मात्र सामाजिक सदभावका लागि खेलिएकाे देउडामा राजनितिक चर्काचर्कि भयाे । नेपाली काङ्ग्रेस र नेकपा एमाले निकटका स्थानियहरू बिच देउडामै एक अर्काकाे अालाेचना गरिएकाे थियाे । सामाजिक सदभाव र स्थानीय सस्कृतिको रुपमा खेलिने देउडामा पनि यसरि राजनीतिक रुपमा चर्काचर्की हुनु समाजमा राजनीतिक रुपमा देखिने अन्तरका रुपमा सजिलै हेर्न सकिन्छ । हेरौ यो भिडियो


