देउवा सरकारको अर्को कर्तुत, चीनको बाटो रोक्न यसरी चढाईयो नेशनल ट्रेडिङको बलि…

काठमाडौं, माघ १७ । भारतले नाकाबन्दी लगाएका बेला नेशनल ट्रेडिङ लिमिटेडले चीनले पठाएको पेट्रोल विक्री वितरण गर्यो । यससंगै नेशनललले चीनबाट पेट्रोलियम पदार्थ ल्याएर विक्री वितरणा गर्ने योजना बनायो ।

अहिले चीन निकट भनेर भारतबाट प्रचारित केपी ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित भएका बेला चीनको प्रभाव अरु बढ्ने त्रासले ग्रस्त भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रबाट बाहिरन नदिन जाँदाजाँदैको सरकारलाई दवाव दिएको छ ।

भावी सरकारलाई समस्यामा पार्ने एकपछि अर्को निर्णय गदैआएको कामचलाउ देउवा सरकाले मंगलबार नेशनल ट्रेडिङ लिमिटेड खारेज गर्ने निर्णय गरेको छ । यो निर्णय भारतकै दवावमा गरिएको बताइन्छ ।

समाचार सूत्रका अनुसार सरकारी स्वामित्वको नेशनलले पछिल्लो समयमा चीनबाट पेट्रोलियम पदार्थको कारोबार गर्ने कार्ययोजना बनाएको जानकारी भारतले पाएपछि विभिन्न तबरबाट दबाब दिएर उक्त संस्थाको अस्तित्व नै समाप्त गराएको हो ।

५६ वर्षअघि सरकारले व्यापारिक कारोबार गर्न १ चैत २०१८ मा नेशनल टे«डिङ लिमिटेड स्थापना गरेको थियो । त्यतिबेला दाता मुलुकले अनुदानमा पैसाको साटो वस्तुगत सहयोग नेपाललाई दिने चलन थियो ।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार रुस र चीनबाट ठूलै परिमाणमा मेसिनरी उपकरण, ट्रयाक्टर, मोटरसाइकल, सिमेन्ट, रड, कृषि उपकरणलगायत वस्तुगत सहयोगमा प्राप्त हुन्थ्यो नेपाललाई । त्यस्ता सामग्री बिक्री गर्ने सरकारी संयन्त्र नहुँदा कारोबार गर्न नेशनलको स्थापना गरिएको थियो ।

सुरुआतमा दाता मुलुकले दिएका वस्तुगत सहयोगबाट व्यापारिक कारोबार गरेको नेशनलले पछि सरकारी स्वामित्वका हेटौंडा, उदयपुर, वीरगञ्ज चिनी उद्योगलगायत उद्योगबाट उत्पादित सामग्री पनि बजार मूल्यभन्दा सस्तो र सुलभ मूल्यमा बिक्री गर्न थाल्यो । नेशनल ट्रेडिङकै कारण तत्कालीन समयमा काठमाडौंका बासिन्दा अन्तर्राष्ट्रिय स्तरको रड, सिमेन्ट, मेसिनरी उपकरण उपभोग गर्न पाएका थिए ।

राज्यलाई नगद र उपभोक्तालाई सस्तो मूल्यमा सामान बिक्री गर्ने लक्ष्य राखेर सञ्चालन गरिएको नेशनललाई २०२८ सालमा थप वस्तुको व्यापार गर्ने जिम्मेवारी पनि दिइयो । त्यतिबेलासम्म नेपालमा पर्यटकको आगमन बाक्लै हुन थालिसकेको थियो । कूटनीतिक नियोग पनि धमाधाम थपिँदै थिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को मापदण्डअनुसार प्रत्येक मुलुकको विमानस्थलमा डयुटी फ्रिका उच्च गुणस्तरका मदिरा, ह्वीस्की, रमलगायतका पेयजन्य पदार्थ बिक्री गर्ने अवधारणा अघि सारिएको थियो । नेपालमा यस्ता पदार्थ बिक्रीको संयन्त्र खोजी भयो । तत्कालिन सरकारले नेशनललाई नै ड्युटी फ्रिको मदिरा बिक्री गर्न बाटो खोलिदियो, नेशनलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिक्री सप र रामशाहपथमा ब्रान्डेड वेयर हाउस स्थापना गरी मदिरा कारोबार थाल्यो ।

नेशनलले बंगलादेश उदय भएपछि उक्त मुलुकमा नेपालबाट चामल र युरोपियन मुलुकमा कच्चा चिनीसम्म निर्यात गरेको थियो । एक अर्बभन्दा बढी मूल्यबराबरको चामल र चिनी निर्यात गरिएको थियो । यो बेलासम्म नेशनल आफ्नो खुट्टामा उभिसकेको थियो ।

२०४६ पछि नेपालमा खुल्ला अर्थतन्त्रको नीति आयो । खुला अर्थतन्त्र नीति आउँदासम्म नेसनलले ६ करोडको पूँजीबाट विराटनगर, धनकुटा, वीरगञ्ज, पोखरा, काठमाडौंको टेकु ९हाल बिक्री भइसकेको०, रामशाहपथ, भैरहवा, दाङ, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगरलगायतका स्थानमा २२ अर्व मूल्यबराबरको जग्गा, भौतिक पूर्वाधार र गोदाम खडा गरिसकेको थियो । नेसनलको शेयर नेपाल आयल निगम, साल्ट टे«डिङ कर्पोरेशन, खाद्य उद्योग लिमिटेड, गोरखकाली रबर उद्योग, साझा पसल सेवा, सहकारी भण्डार, नेपाल ल्युव आयल र विशालबजारमा थियो ।

२०४६ को प्रजातन्त्रसँग फस्टाएको उदारिकरणसँगै नेसनललाई सत्ताका खेलाडीले डुबाउने खेल सुरु गरे । कार्यकर्तालाई महाप्रबन्धक तथा अध्यक्षमा नियुक्त गर्न थालिएपछि नेशनललाई डुवाउने खेल सुरु भएको हो ।

दलप्रति वफादार महाप्रबन्धक र अध्यक्षले नेशनललाई सशक्त बनाउने भन्दा भर्ति केन्द्र बनाएर आय आर्जनको बाटोमा लागे । नेतृत्वको यो कदमले कम्पनी यो विस्तारै धरासायीको बाटोमा लम्किदैं गयो ।

कर्मचारीतन्त्रले पनि संस्था डुवाउन पछिल्लो समयमा ठूलै भूमिका खेलेका छन् । नेसनलको रक्सी आफूखुशी बिक्री गर्ने खेलमा केही कर्मचारी समूहको पनि महत्वपूर्ण भूमिका छ ।

नेशनललाई नयाँ कार्ययोजना बनाएर अघि बढाउने विषयमा विभिन्न समयमा कसरत भए तर विभिन्न क्षेत्रको दबाबका कारण नेशनललाई जीवन दिनुभन्दा अस्तित्वै समाप्त पार्ने योजनाअघि अघि बढाइए ।

पछिल्लो समयमा आव ०७१।७२ मा उक्त रणनीतिक योजनालाई सञ्चालक समितिले थप परिमार्जन गरी आपूर्तिमार्फत अर्थ मन्त्रालयमा स्वीकृतका लागि पठाइयो । तर, अर्थले कुनै चासो देखाएन । सातवटै प्रदेशमा पर्याप्त परिमाणमा जग्गा जमिन भएकाले सातै प्रदेशमा भृकुटीमण्डपभन्दा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासहितको प्रदर्शनी कक्ष, मल र चिनीको कारोबार, चीनबाट इन्धन आयात गरी प्रत्येक प्रदेशमा एकएकवटा नमुना पम्प र ग्यास रिफिलिङ गर्ने उद्योग स्थापना, जडिबुटी र हस्तकलाको ब्राण्डिङ गरी निर्यात गर्ने योजना तयार पारिएको थियो ।

तर प्रजातन्त्रको उदयसंगै गठन नभएको नेपाली कांग्रेसको सरकारले उदारीकरणको नाममा धराशायी पारेको नेशनल ट्रेडिङ लिमिटेड कांग्रेसकै सरकारले विटटन गरेको छ । वस्तु व्यापारको एउटा सशक्त इतिहास समाप्त भएको छ, त्यो पनि बाह्य शक्तिको स्वार्थका लागि ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।