प्रधानमन्त्री देउवालाई कुर्सी छाड्न गगन थापाको चेतावनी !

तत्काल महासमिति बोलाएर अधिवेशन बोलाउन माग

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले तत्काल महासमिति बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। महाधिवेशन नभए पार्टीका प्रदेशसम्मका संरचना व्यवस्थापनमा जटिलता आउने उनले बताएको अन्नपूर्ण पोष्टमा खबर छ ।

नेपाली कांगे्रस बुटवल नगर समितिले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले पार्टीको भावी रणनीति र महाधिवेशनको मिति तय गर्न महासमिति बैठक बोलाउनुपर्ने माग गरे। कांग्रेसको छवि बचाइ राख्नका लागि हालको नेतृत्वले विश्राम लिने बेला आएको भन्दै उनले नयाँ युगको नेतृत्व गर्न पुरानो नेतृत्वले विश्राम लिनुपर्ने बताए।

‘तपाईंहरुले अहिलेसम्म गाडी हाँकेर यहाँसम्म आउनुभयो, अब तपाई्रहरु पछाडि बसेर यात्रा गर्नुहोस् हामी चालक बनेर पार्टी अघि बढाउछौँ, उनले भने।
उनले अहिलेको युग युवाको भएकाले पुरानो युगको पुरुषले नयाँ युगको पनि नेतृत्व गर्न सान्दर्भिक नहुने बताए।

प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले नेपाली कांग्रेसले अबलम्वन गरेको सिद्धान्तमा देश अगाडि बढ्दै गर्दा हारको कारण सम्बन्धमा समीक्षा हुनुपर्ने बताए। कम्युनिष्ट पार्टीहरु मिलेर कांग्रेस हार्‍यो भन्नु तर्कसंगत नहुने भन्दै उनले पाँच वर्षपछिको निर्वाचनमा कम्युनिस्ट फुटिसक्ने दाबी गरे ।

अहिलको सन्दर्भमा कांग्रेसले प्रतिपक्षको भूमिकामै बसेर काम गर्नुपर्ने उनको भनाइ छ। कालो धनलाई सेतो धन बनाउन सबैलाई ठाउँ दिनुपर्छ भन्ने भावी प्रधानममन्त्री केपी ओलीको भनाइलाई उनले अल्पबुद्धिको संज्ञा दिए। कालो धनलाई सेतो बनाउन दिनु भन्नु खतरनाक षड्यन्त्र भएको भन्दै यसले देशकै भविष्य अन्योलमा पर्ने दाबी थापाको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।