रामकाजी तिवारी र चन्द आले जसले सात दिन सम्म झाडीमा फसेका बालक भेटे र जिवितै उद्धार गरे
काठमाडौ । हाइकिङका लागि फूलचोकी गएर फर्किने क्रममा बेपत्ता भएका १७ वर्षीय विद्यार्थी जोन तामाङको ७ दिनपछि बुधबार जिवितै उद्दार गरिएको छ । उनको काठमाडौंको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनी घनाजंगलमा भेटिएका हुन् ।

फिचर तस्विर सुप्रभात भण्डारीको फेसबुकबाट
उनलाई यी चन्द आले र रामकाजी तिवारीको उद्धारकर्ता टोलीले भेटेको हो । उद्धारकर्ता चन्द्र आलेका अनुसार उनी बाटो विराएर हिड्दै जाने क्रममा त्यहाँ पुगेको जस्तो देखिएको छ । आलेले भने, ‘माथिबाट लडेर उनी झाडीमा अड्किएका रहेछन् ।’ मंगलबारदेखि नै जोनको खोजी सुरू भएको थियो ।
तर, नभेटिएपछि उद्धारकर्ताहरुको टोली बुधबार पनि विहान ११ बजेदेखि नै खटिएका थिए । फुल्चोकी डाँडाबाट समूह बाँडेर झर्ने क्रममा ओलेको टोलीले सुरुमा एउटा झोला भेट्टाएको थियो । सुरूमा त जंगलको बीचमा भेटिएको झोलामा के के छ भन्ने लाग्यो । तर, खोलेर हेर्दा एउटा पेन र चम्चा भेट्टियो । नजिकै केही धसारिएको जस्तो देखिन्थ्यो । छेउमा टिफिनबक्स पनि थियो । उद्धारकर्ता चन्द्र आलेले भने, ‘अलि तल मानिस लडेको जस्तो लाग्यो । फोटोको टोपी हेर्दा हन्ड्रेड पर्सेन्ट जोन हो भन्ने लाग्यो ।’
उनका अनुसार जोन झाडीमा अड्एिका थिए । सुरुमा भेट्दा अचेत जस्तो देखिएका जोनलाई उद्दारकर्ताहरुले बोलाए । उनले आँखा खोले र बेस्सरी रोए । ‘तिम्रो नाम जोन हो भन्दा टाउको हल्लायो । अनि हामीले पानी र विस्कुट दियौं’ उद्दारकर्ता आलेले भने । झाडीभित्र भेटिएका उनलाई निकै मुस्किलले सडकसम्म ल्याइएको थियो । अहिले उनको बी एण्ड बी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ र सामान्य बोल्न सक्छन् ।
यसरी उद्धार भयो ?

सातौँ दिनमा जोन तामाङ भेटिए । फूलचोकीमै । उनी फेला परेको भनी सातदोबाटोका डीएसपी विनोद सिलवालले जानकारी दिनुभएपछि अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी र म गोदावरीतर्फ लाग्यौँ । बीचमा एभिन्यूज टिभीका भाइ दिपक अर्यालसँग पनि भेट भयो । वास्तवमा उनले नै जोन हराएको समाचार पहिलोपटक ब्रेक गरेका थिए । राती सवा आठ बजे जोनलाई तल गोदावरीमा ल्याइयो । उनलाई एम्बुेन्समा राखेर बीएण्डबी अस्पतालतर्फ लगियो । उनलाई रामकाजी तिवारी र चन्द्र आलेले बोकेर तल झार्नुभएको हो । रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली आज सुरुमै फुलचोकीको टुप्पामा पुग्यो । त्यहाँबाट तल झर्यो । रामकाजी तिवारी र चन्द्र आलेले उनलाई फेला पार्नुभएको हो । उनी हराएपछि म र भण्डारी दाइ पनि दुईपटक त्यहाँ पुग्यौँ । आज पनि राती कहिले नौधारा, कहिले कुन उकालो र कहिले कुन उकालो जानु पर्यो ।
रामकाजी तिवारीले उद्धार कार्यका बारेमा यसरी बेलिविस्तार लगाउनुभयो, “हिजोको खोजी कार्य चित्त नबुझेपछि आज पुनः त्यहाँ पुग्यौँ । टुप्पामा पुगेर तलतिर झर्यौँ । जोन करिव दुई हजार मिटरको उचाइमा फेला परेको । सानो पोखरी रहेछ त्यहाँबाट दुई टोली छुट्टियो । हामी लाकुरी भञ्ज्याँग जाने बाटोतिर अझै दायाँ लाग्यौँ । करिव सात आठ सय मिटर तल झरिसकेपछि एउटा ब्याग भेट्यौँ । ब्यागभित्र एउटा पेन र चम्चा भेट्यौँ ।
शंका लाग्यो । दायाँ बायाँ हेर्दा मान्छे घस्रिएको ठाँउ भेट्यौँ । अझ तल हेर्दा मानिस उछिट्टिएर तल लडेको जस्तो देख्यौँ । तल गयौँ । एउटा मुढा ढलेको जस्तो रहेछ । त्यसभन्दा मुनी ठूलो पिपलको रुख जस्तो लडेको देख्यौँ । त्यसकै चेपमा अड्किएर बसेको देख्यौँ । ठिक ४ः४५ बजे भेटेका थियौँ । बीच बाटोमा टिफिन बक्स पनि भेटेका थियौँ । त्यो देखेपछि दाइ टिफिन बक्स भने । निकै खुशी लाग्यो ।
मानिस जस्तो देखे । मानिस लडेको जस्तो लाग्यो । फोटोको टोपी हेर्दा हन्ड्रेड पर्सेन्ट जोन हो भन्ने लाग्यो र जोन भनेर करायौँ । उ फर्कियो । हामी त्यहाँ पुगेपछि बच्चा रोयो । हल्का पानी खुवायौँ । बोतलभरिको पानी सबै खाइसक्ला जस्तो गर्यो ।
झाडीभित्र थियो । झाडी फाडफुड गर्यौँ । बाटो एकदमै गाह्रो थियो । हामीसँग एक पुडिया बिस्कुट थियो । सबै खाँदा गाह्रो होला भनेर आधा दियौँ । तल एकदमै झाडी छ । जोन फष्टमा रोयो । जोन हो भन्दा टाउको हल्लायो । धेरै कुराकानी गरेर डिस्टर्ब गर्न पनि मिल्दैन । प्रहरी, सेना बाटो बाटोमात्र गए । झोडमा हामीहरु मात्र गयौँ । त्यहाँ बाघको पाइला पनि देख्यौँ । त्यो बाटोमा एक दुई जना मानिसमात्र हिँड्न सक्दैन । डरलाग्दो छ । मालिँगोको घारीमा एकदमै डरलाग्दो छ । बँदेलले खनेको ठाँउ एकदमै धेरै छ । चितुवा र मृत सुतेको ठाँउ पनि धेरै देखिन्छ ।
– तस्विर र शब्द प्रकृति अधिकारीको फेसबुकबाट साभार


