बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गर्दै प्रहरी, दरबारमार्गकै जस्तो अर्को घटना इटहरीमा !

इटहरी , २० माघ । प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको अर्को घटना सार्वजनिक भएको छ । काठमाडौंको दरबारमार्गकै जस्तो घटना पूर्वको इटहरीमा भएको खुलेको हो ।

कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याई ‘मिलापत्र’ गराएको घटना करिब एक महिनासम्म कसैले सुइँकोसम्म पाएन । प्रहरीकै माथिल्लो निकायमा जब यो सूचना चुहियो, बल्ल घटनाबारे अनुसन्धान अघि बढाइयो ।

इलाका प्रहरी कार्यालय, इटहरीको उक्त सन्देहास्पद क्रियाकलापमाथि छानबिन गर्न प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले अञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पाललाई खटाएपछि घटनाले अर्कै मोड लिएको हो । एसएसपी पालले पीडित बालिकासँग बयानसमेत लिई प्रमाण जुटाएर माघ १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराइसकेको खुलेको छ ।
तर, बलात्कारका अभियुक्त धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठ प्रहरीकै लापरबाहीले फरार भइसकेका छन् । उनीहरूलाई उन्मुक्ति दिने प्रहरीमाथि समेत ‘छानबिन भइरहेको’ भन्दै कुनै कारबाही गरिएको छैन ।

बालिकाको बयानअनुसार सामाजिक सञ्चालबाट घनिष्ठता बढेका धरानका लिम्बुले १४ वर्षीया ती बालिकालाई पुस १६ गते अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन घुम्न जान प्रस्ताव गरे । उनले स्विकारिन् । इटहरीचोकमा उनीहरूको दिउँसो भेट भयो । कार लिएर आएका जोकमले साथी मनीषलाई पनि ल्याएका रहेछन् । तीन जना इटहरीको ‘चिन्तन चौतारी’ रिसोर्टमा बसेर गफ गरे ।

झमक्क साँझ परेपछि उनले घर जान चाहिन् । जोकमले ‘खाजा खाएर जानुपर्छ, चिन्ता नगर, म पुर्‍याइदिन्छु’ भने । त्यसपछि तीनैजना झन्डै ४ किलोमिटर उत्तर हलगडास्थित ‘रोयल रिसोर्ट’ पुगे । जोकम र मनीषले पहिल्यै मदिरा पिइसकेका थिए । बालिकालाई उनीहरुले जबर्जस्ती वाइन खुवाए । त्यहाँ उनीहरूले दुइटा अलग–अलग कोठा लिएका थिए । मदिरा लागेकी उनी जोकमसंगै कोठामा बसिन् । निकै अबेला बालिकाले घर पुर्‍याइदिन आग्रह गरिन् । उनले त्यो काम साथी मनीषलाई अह्राए । मनीषले ‘तिमी धेरै मातेकी छ्यौ, कागतीपानी खाऊ अनि जाउँला’ भनेर आफू बसेको कोठा नम्बर ११२ मा लगी बलात्कार गरेको उनले बयानमा बताएकी छन्, कान्तिपुरमा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।