‘ओली र प्रचण्डजी तागत छ भने सिमानामा पर्खाल लगाउनुस् !’ (भिडियो सहित )

भारतीय विदेशमन्त्री स्वराजको आकस्मिक भ्रमण चीनियाँ राष्ट्रपतिको भ्रमण रोक्ने प्रपञ्च हो

काठमाडौँ, २० माघ । अहिले कमचालउ सरकारले नयाँ जननिर्वाचित प्रतिनिधिलाई सरकार हस्तान्त्रणको संक्रमणकालमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणले नेपाली राजनीति वृत्तमा नयाँ तरंग फैलिएको छ । उनी विना निमान्त्रण एकाएक दुई दिने नेपाल भ्रमणमा आएकी हुन् ।

सुरक्षावीद् तथा नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले भारत सरकार गलेर भारतीय विदेशमन्त्री शुष्मा स्वराजलाई नेपाल पठाएको बताएका छन् । बाम गठबन्धनको नयाँ सरकार गठन हुन कम्तिमा पनि तीन हप्ता बाँकी छँदै दिल्लीले हतार हतार विशेष दूतका रुपमा विदेशमन्त्रीले स्वरोजलाई नेपाल भ्रमणमा पठाएको हो ।

भारतको अघोषित नाकाबन्धी पछि तत्कालिन प्रधानमन्त्रीकेपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको उत्तरी छिमेकी राष्ट्र चीनसँग निकटता बढाएपछि दिल्ली सशंकित बनेको डा बस्न्यातको उनको भनाइ छ । निर्वाचनपछि पनि अध्यक्ष ओली उत्तरी सिमाना रसुवागढी पुगेर चीनियाँ अधिकारीलार्इ भेट्नुुलार्इ भारतीय पक्ष डराउनुको अर्काे कारण ठान्छन् उनी ।

साथै, स्वराजको भ्रमण निकट भविष्यमा हुन लागेको चीनियाँ राष्ट्रपति सि जिन पिङ को भ्रमण रोक्ने प्रपञ्च भएको डा बस्न्यातको टिप्पणी छ । उनका अनुसार चीनिया राष्ट्रपति नेपाल भ्रमणमा आए राष्ट्रपति सि जिङ पिङले मेघा प्रोजेक्टमा सम्झौता गर्ने प्रवल सम्भवना रहेकाले नेपाललाई आफ्नो पक्षमा पार्ने भारत हतारिरहेको हो ।

नयाँ बन्ने सरकारसँग भारतीय पक्ष निकट हुने योजनाअनुसार विदेश मन्त्री स्वराज विना निमान्त्रण नेपाल भ्रमणमा आएको बस्न्यातको भनाइ छ । नेताले बोल्ने एउटा गर्ने अर्कै भएकाले स्वराजको भ्रमणले देशलाई ३० प्रतिशत फाइदा हुने तर ७० प्रतिशत नोक्सान हुने सम्भावना रहेको डा बस्न्यातको ठम्याइ छ । त्यस्तै, अध्यक्ष ओली र मन्त्री स्वराजबीच एकलाएक्लै वार्ता भएकाले उनीहरुबीच कुनै प्याकेजको विषयमा कुराकानी भएको उनको आंकलन छ । दुबैबीच भएको प्याकेजका बारेमा छिट्टै खुलासा हुने पनि उल्लेख गरे ।

विदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई नभेटी सिधै अध्यक्ष ओलीलाई भेट्नुले भारतको नजरमा ओलीको छवी उच्चाे भएकाे बताउ । भातरको अघोषित नाकाबन्धीमा अाेली हलचल नगरपछि भारतले पहिलो प्राथमिकतामा ओलीलाई राख्दै आएको छ । तर, कांग्रेस नेतृत्वको सरकारले उनको भ्रमणका विषयमा किन कुनै प्रतिक्रिया दिएको छैन ।

उनले विगतदेखि नै भारतले नेपाललगायतका देशको राजनीतिमा हस्तक्षप गर्दै सुक्षम व्यवस्थापन गरिहेको बताएका छन् । भारतवर्षे नीति अनुसार भारत सरकारले नेपाललगायतका छिमेकी देशको राजनीतिमा सधैँ माइक्रो म्यानेजमेन्ट गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

उनले राजनीतिक संक्रमणको यस्तो अवस्थामा राजनीतिज्ञहरुले खुट्टा नकमाइ ढुलमुले नता होइन भनी प्रमाणित गर्नु पर्ने बेला आएको बताएका छन् । पटकपटक भारतीय पक्षले नेपालको जमीन अतिक्रम गरेकाे भन्दै एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘तागत भए सीमामा पर्खाल लगाउनु’ भन्दै चुनौती दिए । उनले हिजो मात्रै भारतले नेपाललाई दिने सहयोगमा ७० प्रतिशत वृद्धि गरेको घोषणा इंगित गर्दै नेपाललाई आफू निकट ल्याउने चालचलेकाे जिकिर गरे । हेर्नुहोस भिडियो:

– सौजन्यः नेपाल आज ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।