सन्तपुरको नमुनावस्तीबाटै धुर्मुसले भने,- प्रत्येक जिल्लामा नमुना बस्ती बसाँउने सपना छ – हेर्नुहोस् ताजा भिडियो
गत असोज ४ मा सीताराम कट्टेल (धुर्मुस) को जन्मदिन पारेर ‘एकीकृत नमुना सन्तपुर बस्ती निर्माण’ को शिल्यान्यास गरिएको थियो । धुर्मुसले ४७ वटा घर, प्राथमिक विद्यालय, सामुदायिक भवन, मन्दिर, भ्युटावर लगायतका ५० वटा भन्दा बढी संरचना निर्माण गर्न गत असोज ४ मा बस्तीको शिलान्यास गरेका थिए। असोज २८ देखि बस्तीको पर्खालबाट सुरु गरिएको बस्ती निर्माण कार्यको सय दिन पुरा भएको थियो । बस्तीमा निर्माण भएको घरलाई रातो रंगबाट रंगरोगन गरिदा टाढैबाट उक्त बस्ती आकर्षक एवं मनमोहक जस्तै देखिन्छ । यसै सन्तपुरको नमुनावस्तीबाट भावुक हुदै धुर्मुस भन्छन् प्रत्येक जिल्लामा नमुना बस्ती बसाँउने सपना छ – हेर्नुहोस् भिडियो


