रहस्यमय घरको बास्तविकता ? : बाहिरियो अर्को यस्तो भिडियो
ललितपुरको टिकाथलीमा केही दिन अघिदेखी एउटा घरमा भुत या प्रेतआत्माले तर्साउदै आएको भनि सामाजिक संजालमा भाइरल भइरहेको छ । विभिन्न मानिसहरूले यस घरको बारेमा नानाथरी धारणा व्यक्त गर्दै आइरहेका छन ।
टिकाथलीमा रहेको अन्जना उपाध्यायको घरमा गत एकमहिना देखि भूत प्रेतको त्रास सिर्जना गरीरहेको भन्दै उनको परिवार र त्यहाँ वरपरका स्थानियवासी त्रसित छन । तर वास्तविक रूपमा उक्त घरमा के भइरहेको छ भनेर यकिन गर्न सक्ने अवस्था भने छैन ।
परीवार स्रोतका अनुसार उपाध्ययकी आमाको मृत्यु भएको एक वर्षपछि घरमा भूतआत्माले तर्साउन थालेको हो । घरमा सामान्य अवस्थामा बसिरहदा पनि अलौकिक तरीकाले सिसा फुट्ने, चियाको कपहरू आफै हावामा उड्ने रहस्यमय आवाज सुनिने, र्इटाहरू हावामा उडेर आउने, एक ठाउँको सामान अर्को ठाँमा आफै पुग्ने जस्ता क्रियाकलापहरू भइरहेका छन । प्रेतआत्माले दिउसै तर्साउन थालेको भन्दै सामाजिक संजालमा भाइरल भएपछि वास्तविक रहस्य के रहेछ भनि बिगुल न्युज टिम टिकाथली पुगेर तयार पारेको यो भिडियो हेर्नुहोस्


