चुणामणि शर्मापछि को-को छन् विप्लपको निशानामा ?

काठमाडौँ, माघ २४ । नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट र दलालहरुका विरुद्ध राष्ट्रिय सङ्घर्षको घोषणा गरेको छ । देश भ्रष्टाचारको दलदलमा परेर ध्वस्त पारिएको तथा जनता र राष्ट्रको जीवनमाथि खेलवाड गरिएको भन्दै नेकपाले आम जनतालार्इ भ्रष्टाचार विरुद्धको अभियानमा साथ दिन आग्रह पनि गरेको छ ।

भ्रष्ट, दलाल, घुसखोर तथा कमिसनखोरहरुले देशलाई कमजोर पारेको भन्दै त्यस्ता तत्वहरुलाई अब लखेट्ने नेकपाको उद्घोष छ । गत माघ १५ गतेबाट सुरु भएको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियानलाई नेकपाले तिब्र रुपमा अगाडि बढाईरहेको छ । जसअन्तर्गत अर्बौ रकम भ्रष्टाचार गरेको आरोप लागेका चुडामणी शर्मा पहिलो टार्गेटमा परेका छन् ।

‘भ्रष्टाचारी चुडामणी शर्मलाई कारवाही गर, सम्पति राष्ट्रियकरण गर’ भन्दै नेपाल कम्युनिस्ट पार्टीको अगुवाईमा चुडामणी शर्माको घरमा कालोझण्डा गाडिएको छ ।

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता तथा स्थानीयले तोडफोड र ढुङ्गामुडा गरेका छन् । मंगलबार दिउसो सयौ कार्यकर्ता र जनतासहित चुडामणीको घरमा पुगेका नेकपाको टोलीले शर्माको आक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका थिए ।

आक्रमणाबाट शर्माको घरका सीसा, झ्याल, ढोकामा ठूलो क्षति पुगेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा शर्माको घर रहेको छ । शर्मालार्इ अख्तियार दुरुपयोग अनुसान्धन आयोगले खोजिरहेको छ । तर, उनी अहिलेसम्म सुरक्षाकर्मीहरुकैबीच लुकेर बसेको बताइन्छ ।

यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो । उनीहरुले घरको गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् ।

शर्मापछि को-को छन् नेकपाको टार्गेटमा:

शर्मापछि अन्य नाम चलेका भ्रष्टहरु आफै सतर्क भएका छन् । तर नेकपाले भने गत कार्तिकमै ‘भ्रष्ट्राचारीका कमाण्डर’ मानिने केहि व्यक्तिहरुलाई ‘राष्ट्रिय भ्रष्टाचारी’ घोषणा गरिसकेको छ । सोहि अनुरुप नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो दलेर जनकारवाही गरेको थियो ।

त्यसपछि पनि सानातिना भ्रष्टहरुमाथि निरन्तर कारवाही जारी राखेको नेकपाले मंगलबार शर्मामाथि कारवाही गरेको हो । भ्रष्टाचारीहरूको व्यक्तिगत सम्पत्ति छानविन गरी राष्ट्रियकरण गर्नुपर्ने नेकपाको माग छ ।

शर्मापछि नेपाल आयल निगमका बर्खास्त कार्यकारी निर्देशक गोपाल खड्काको नाम पनि नेकपाको टार्गेटमा छ । त्यस्तै अबैध धन आर्जन गरेका ब्यापारी अजय सुमार्गी, चन्द्र ढकाल लगायतलाई समेत नेकपाले भ्रष्टाचारीको सूचीमा राखेको छ ।

नेकपाको जनजागरण तथा भण्डाफोर अभियान भारतले हस्तक्षेप गरेको सीमासम्म पुग्‍ने बताइएको छ । कारवाही सँगसँगै अभियानले पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तारका साथै जनवर्गिय संगठनहरुका भेला सम्मेलन गर्ने नेकपाका नेताहरुले बताएका छन् । – सूचना केन्द्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।