३६ वटा भारतीय ट्रक र लरीमाथि कारवाही गरिनु पर्ने माग, नेपाल भित्रको ढुवानी रोक्का, यस्तो छ कारण – भिडियो सहित
बारा । नेपाली मालबाहक संघ संस्थाले भारतीय मालबाहक सवारीले गर्ने गरेको नेपाल भित्रको ढुवानी रोक्का गरेका छन् । तराई यातायात व्यवसायी संघ सिमरा , नारायणी यातायात व्यवसायी संघ हेटौंडा लगायतका संघले २३ गते निर्णय गरेर मालबाहक भारतीय नम्बरका गाडी रोक्न थालेका हुन् ।
सरकारी निकाय मौंन बसेका कारण आफ्नों पेशा नैं संकटमा पर्ने भन्दै भारतीय मालवाहक सवारीलाई रोकेको तराई यातायातका सचिव देव श्रेष्ठ बताउनु हुन्छ ।
भारतीय गाडीहरुले जति पनि माल बोक्न पाउँने तर नेपाली मालवाहक सवारी साधनले सरकारले तोकेको मात्रै बोक्नु पर्ने नियम मान्दा बजारमा माल सामानको अभाव हुँदा पनि नेपाली मालबाहक सवारी साधन खाली बसेकोले भारतीय सवारी साधन रोकिएको श्रेष्ठको भनाई छ ।
समितिले हेटौंडामा भारतीय माल बाहक ट्रकहरु गन्तव्य सम्म जान नदिई रोकेको छ । दुई दिन यता करिब ३६ वटा भारतीय ट्रक र लरीमाथि कारवाही गरिनु पर्ने माग राख्दै दुई संस्थाले नियन्त्रणमा लिएका हुन् ।
भारतीय ट्रक र लरीले भारतबाट सोझै नेपालका प्रमुख सहरहरुमा बढि माल बोक्न थाले पछि नेपाली मालबाहक सवारी कामविहीन हुन थाले पछि भारतीय मालबाहक ट्रक र लरी रोक्न व्यवसायी सडकमा उत्रेको अर्का ट्रक व्यवसायी सन्तोष कार्कीको भनाई छ ।
नेपालको मात्र मालबाहक क्षेत्रमा करिब ४५ हजार ट्रकले मालबाहक सामानहरु ढुवानी गर्ने गर्दछन् । पछिल्लो समय भारतीय ट्रकले भारतीय तथा तेस्रो मुलुकबाट आउँने सामान सोझै नेपालका प्रमुख शहरहरुमा पु¥याउँने गर्दा नेपाली ट्रकहरु खाली बस्न थाले पछि नेपाली व्यावसायी संघ आन्दोलित हुँन पुगेको हो ।
नियन्त्रणमा लिईएका भारतीय ट्रक चालकहरुले आफ्नों सवारीमा तोकिएको भन्दा बढि भार रहेको भारतीय चालक मरप्रित सिंहले स्वीकार गरेका छन् । सरकारले भारतीय मालबाहक सवारीहरुको व्यवस्थापनमा निष्कर्ष नआउन्जेल गन्तव्य सम्म भारतीय मालबाहक सवारी दैनिक रोक्ने संघले जनाएको छ ।


