सोह्रसय अंग्रेजलाई मारेर खडा भएको यो स्वाभिमानी इतिहास अलपत्र ! (भिडियोसहित)
वीर गोर्खालीले अंग्रेजसँग घरेलु हतियारको भरमा लडेर विजय प्राप्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढी दरवार सिन्धुलीगढी युद्धको कथा रोचक छ ।
१८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको दुई हजार चार सय अंगे्रजी फौजलाई राजा पृथ्वीनारायण शाह पक्षका वंशु गुरुङ नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट भगाएको थियो। जसमा झन्डै एक हजार छ सय अंग्रेज सेना हताहत भएका थिए। अंग्रेजविरुद्धको यो जित एसिया/ दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरूको पहिलो पराजय।
जयस्थिति मल्लका पालामा अर्थात विसं १४०६ को मंसिरमा बंगालका शासक समसुद्दिन इलियासको फौजले काठमाडांैलाई लगभग ध्वस्त बनाई फर्किंदा पनि सिन्धुलीगढीको बाटो हुँदै बंगाल गएका थिए।
यो अपार क्षतिबाट विछिप्त भएर पुनःआक्रमणको प्रतिरोध एवं बचावटका लागि गढी स्थापना विसं १४११ र विसं १४५२ को बीचमा जयस्थिति मल्लले गरेका हुन्। राजा जयस्थितिले गढीको फेदीभन्दा केहीपर भारदारलाई सुराकीका रूपमा राखेका थिए।
काठमाडौंका राजा यक्षमल्लले अयोध्या र मगधसमेत नेपालमा गाभेपछि विदेशीलाई पुनः प्रत्याक्रमण गर्न नदिन विसं १५१५ तिर सिन्धुलीगढीलाई मजबुत बनाए। १५५६ तिर राजा शिवसिं मल्लले सिन्धुलीमा आक्रमण गरी विजय गरेपछि सिन्धुलीगढीलाई अधिकारमा लिएका थिए।
विसं १७४६ मा कान्तिपुरका राजा भुपालेन्द्र मल्लका भारदार र मोरङका बादशाह इन्द्रविधाता सेन (हरइन्द्र सेन) सिन्धुलीगढीमा भेला भई मैत्री सम्बन्ध स्थापना गरेका गरेका थिए।
विसं १८७३ मा सुरु भएको नेपाल–अंग्रेज युद्धको समयमा सिन्धुलीगढीको सामरिक महत्व बुझेर तत्कालीन जनरल भीमसेन थापाले सिन्धुलीगढीमा कानुनी रूपमा स्थायी सैन्य छाउनी व्यवस्था गरेका थिए। १८८६ माघमा जनरल थापाले पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका थिए। यस्ता घटनाक्रमले सिन्धुलीगढीको महत्व बढाएको छ।
विसं १८२४ कात्तिक २४ मा कप्तान किनलोक नेतृत्वको ब्रिटिस सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीमा पराजित गरेको सम्झनामा ऐतिहासिक सिन्धुलीगढीमा हरेक बर्ष कार्तिक २४ गते गौरव दिवस मनाइदै आएको छ ।
तर यस्तो विश्व इतिहास बोकेको नेपाली गौरव गाथाको सिन्धुलीगढी ओझेलमा परेको छ , विश्वकै ध्यान खिच्न सक्ने यो गढीको इतिहास अलपत्र हुदैछ । बाँकि बिवरणको लागि भिडियो हेर्नुहोस
https://youtu.be/VItJcJOX7PA


