मदिरा सेवन गरेर सरकारी गाडी चलाई नेपाल सरकारको धज्जी उडाउदै सरकारी कर्मचारी !

काठमाडौं । शनिवार सरकारी गाडीमा सवार दुई जनाले कालिमाटी चोकमा ड्युटी गरिरहेका एक ट्राफिक हवल्दारलाई मुख छाडेका छन्। ‘ड्युटी राम्रोसँग गर’ भन्दै अनाहक उफ्रिन थालेका ती दुईमध्ये एकजना ओर्लेर हवल्दारलाई लछार पछार पार्न थालेको हो।

ट्राफिक प्रहरीलाई लछार पछार पार्ने पोखराका शोभित पराजुली हुन् । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका स्वकीय सचिव तथा सहोदार भाञ्जा भीष्म बस्नेतले भने गाडी चलाएका थिए । यसरी ड्युटीमा रहेका प्रहरीलाई लछार पछार गर्न थालेपछि दिपेन्द्र तिमल्सिनासहितका स्थानीयहरुले उनीहरु दुवैलाई कालिमाटी प्रहरीमा लगेर बुझाएका छन् ।

प्रहरीले अर्थमन्त्री भाञ्जा र उनका साथी सवार बा.१ झ ८२८२ नम्बरको सरकारी गाडी नियन्त्रणमा लिएको छ । कालिमाटी प्रहरी स्रोतका अनुसार शोभित र भिष्म दुवैले मदिरा सेवन गरेको पाइएको छ । बिदाको दिन सरकारी गाडी चलाउनका लागी आवश्यक पास समेत नलिइकन भिष्मले सरकारी गाडीको दुरुपयोग गरेको बताइएको छ ।

पोखराका शोभित पराजुली र अर्थमन्त्रालयको स्वामित्वमा रहेको टोयोटाको कोरोला एलएक्स कार नियन्त्रणमा लिइएको पुष्टि गर्दै महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले भीष्म बस्नेतबारे अनभिज्ञता प्रकट गरेका छन् । – न्यूज २४ नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖