नेपालद्वारा युएई ४ विकेटले पराजित

काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए ।

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो । ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो ।

युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछाने तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।