अब १ रुपैयाँ मै सामसङ्ग जे सेभेन मोबाइल किन्न पाइने

काठमाडौं । काठमाडौंको मुटु सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लिले नेपालमै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउदै आएको छ ।

ईजी मोबाइल केयर प्रा.लि.ले हालै मोबाइल खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजना ल्याएको छ ।

कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भईरहेको सामसंग ब्राण्डको जे सेभेन म्याक्स स्मार्टफोन मासिक किस्ताबन्दीमा दिनेछ ।

कम्पनीले सामसँग जे सेभेन म्याक्स स्मार्टफोन रु. १ रुपैयाँ तिरेपछि मासिक किस्ताबन्दीमा उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो । सो अफरअन्तरगत अधिकतम बजार मूल्य रु.२८,२९० तोकिएको सामसंग जे सेभेन म्याक्स स्मार्टफोन ग्राहकहरुले रु. १ बुझाएर नै घर लैजान सक्नेछन् ।

सो स्मार्टफोनको बाँकी मूल्य सरल किस्ताबन्दीमा तिर्ने व्यवस्था रहेको छ । ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले अझैपनि बजारमा ग्राहकहरुले चाहे अनुसारको मोबाइल किन्न र सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए । लोकान्तर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖