सागरको मन महासागर जस्तै ठूलो रहेछ भन्ने यो भिडियोले देखायो, हेर्नुहोस

नेपालको एक मात्र रियालिटी शो नेपाल आईडल बाट सफल नव गायक सागर आले अहिले सामाजिक संजालमा खुब चर्चामा आइ रहनु भएको छन् ! नेपाली हरुको मन जित्न सफल गायक सागर आले लाइ न चिन्ने सायद कोहि होला अहिले को समयमा | उहा एक सफल गायक मात्र न भै उहको सहयोगी मन पनि आज उनको स्टाटस बाट बाहिरिएको छ |

अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि सहयोग जुटाउने अभियान मा लागेका छन् !

नेपाल आईडलमा धेरै दर्शकको मनजितेका गायक सागर आले मगरले विभिन्न देशमा रहनु हुने सुभचिन्तकहरुको माध्यमबाट करिब ९ लाख बराबरको रकम सहयोग जुटाएर भर्खरै मात्र जलजलालाई हस्तान्तरण गरेका छन् !

आफै एक्लैले ५० हजार सहयोग गरि सकेका सागरले आफ्नो माध्यम बाट करिब ९ लाख रकम जुटाएर हस्तान्तरण गरेका हुन् भने अझै धेरै ले सहयोग गर्ने र सहायोग आउने जानकारी गरेका छन् ! एउटा नेपाली ले अर्को नेपालीलाई, एउटा कलाकारले अर्को कलाकारलाई पर्दा सहयोग गर्नु पर्छ र गरेर देखाउने सागर आले मगर र सम्पूर्ण देश विदेश बाट सहयोग गर्नुहुने सबैसबैलाई सलाम | हेरौ उक्त भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।