नवनिर्वाचित सांसद पम्फा भुषालले एमाले र माओवादीवीचको एकताबारे ल्याईन यस्तो खुशीको खबर !

गम्भिर छलफल गरेर एकताबारे नयाँ कोर्स लिन सक्ने संकेत

काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता एवम् नवनिर्वाचित सांसद पम्फा भुषालले एमाले र माओवादीवीचको एकताबारे भोलि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच निर्णायक वार्ता हुने बताएकी छिन् ।

सोमबार साँझ पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै उनले भोलि कुनैपनि बेला अध्यक्षद्धयले गम्भिर छलफल गरेर एकताबारे नयाँ कोर्स लिन सक्ने संकेत गरिन् ।

उनका अनुसार अहिलेसम्म सबै कुरामा करिब करिब सहमति भएपनि नीति तथा नेतृत्वको बारेमा ठोस सहमति हुन नसक्दा एकतामा ढिलाई भएको हो । तर, भोलिको भेटवार्तामा यी दुवै विषय टुँगो लगाउन विशेष कार्यदल बनाएर अघि बढ्ने उनको विश्वास थियो ।

हुन त आज भएको दुई नेतावीचको ३ घण्टा लामो एक्लाएक्लै भेटवार्तामा करिब करिब एकताको अग्रिम खाका बनिसकेको अड्कलबाजी दुवै दलका शीर्ष नेताहरुले गरिसकेका छन् । उनीहरुवीच नेतृत्वमा आलोपालो हुन सक्ने आँकलन गरिएको छ । यद्धपी त्यसबारेमा भने ठोस सहमति हुन सकेको छैन् ।

आज भएको छलफलको विन्दुबाट भोलि पूनः छलफल अघि बढाईने प्रवक्ता भुषालले विश्वास दिलाईन् । उनका अनुसार आज भएको ओली र प्रचण्डवीचको बैठक निकै सकरात्मक छ । त्यसपछि मात्र एकता संयोजन समितिको बैठक बस्नेछ, जहाँ एकतावारे ठोस प्रगति हुन सक्छ ।

एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको बाँडफाँडमा दुई दलवीच कुरा मिलेको छैन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।