नेपालले पायो १९५ रनको विजयी लक्ष्य, विजेरत्नेले बनाए १०३ रन

काठमाडौं, फागुन २ । डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य दिएको छ ।

क्यानडाका लागि सर्वाधिक श्रिमन्थ विजेरत्नेले १०३ रनको योगदान दिए । उनले १५२ बलमा ८ चौकासहित नटआउट १०३ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । त्यस्तै सतसिमरन्जित ढिन्ड्साले नटआउट १८ रन बनाए ।

डिलिअन हेलिगरले चार बलको सामना गरे पनि उनले रन बनाउन सकेनन् । उनलाई वसन्त रेग्मीले आउट गरेका हुन् । त्यस्तै वसन्त रेग्मीको बलमा एन दत्त शून्यमै आउट भएका हुन् । अब क्यानडाका लागि विजेरतने बाहेक कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेका छैनन् । उनले ७ वटा चौकासहित ८८ रन बनाएर खेलिरहेका छन् ।

शरद भेषावकरले साद बिन जफरलाई क्यानडाको छैटौँ विकेटका रुपमा एलबीडब्लू आउट गराएका हुन् । जफरले १९ बलमा १० रन बनाए । यस्तै क्यानडाको पाँचौ विकेट करण केसीले लिएका हुन् । हम्जा तारिक करण केसीको बलमा आरिफ शेखबाट क्याचआउट भएका हुन् । उनले ३० बलमा २ छक्काको मद्धतले २४ रन बनाएका थिए ।

वसन्त रेग्मीले धालिवालको विकेट लिँदै क्यानडाको चौथो विकेट झारेका हुन् । उनलाई वसन्तको बलमा विकेटकिपर दिलिप नाथले स्टम्पआउट गरेका हुन् ।प्रतियोगितामा सर्वाधिक विकेट लिएका सन्दीप लामिछानेले क्यानडाको तेस्रो विकेट लिएका हुन् । उनले डिएन पथिरानालाई दुई रनमै पेभेलियन फर्काइदिएका हुन् ।

यसअघि सन्दीपले क्यानडाका नितिश कुमारलाई ५ रनमै आउट गरेका थिए । उनलाई सन्दीपको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् । सन्दीपले यो प्रतियोगितामा नै उत्कृष्ट बलिङ गरेका छन् ।

त्यस्तै, क्यानडाको पहिलो विकेटका रुपमा वसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेका हुन् । उनी २४ बलमा ९ रन बनाउँदै आउट भएका हुन् ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले २, वसन्त रेग्मीले ३ र शरद भेषावकर तथा करण केसीले १–१ विकेट लिएका छन् । उज्ज्यालो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।