लगनगाँठो कस्दै अनेरास्ववियुकी अध्यक्ष नविना लामा !

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले छिटै बैवाहिक जीवन सुरु गर्ने भएकी छिन् ।

अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रविण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेम सम्बन्धलाई नविनाले बैशाख पहिलो साता विवाहमा परिणत गर्न लागेको हुन् ।

उनीहरुको फागुन दोस्रो सातामै विवाह गर्ने तयारी भए पनि नविनाका हजुरबुवाको निधन भएपछि बैशाखमा सारिएको हो । ४९ दिनसम्म नविनाको परिवारमा शुभकार्य गर्न नहुने भएपछि विवाह सारिएको हो ।

अफेयर्स कसरी सुरु भयो ? दुवै जना भन्छन्, ‘आधुनिक शैलीमा आई लभ यु नभनिकनै हामीबीच माया बस्यो ।’

६० को दशकमा सुरु भएको उनीहरुको यो प्रेम सम्बन्ध अहिले १४ वर्षको उकालो हिँडिरहेको छ ।

प्रेम सम्बन्ध परिपक्व भएपछि ०६७ सालतिर यो जोडीले विवाह गर्ने निश्चय गरेको थियो । तर, विवाहका लागि नविनाको सर्त थियो- उनी अनेरास्ववियुको अध्यक्ष भएपछि मात्र बिहे गर्नुपर्ने ।’ त्यसमा प्रविण राजी भए । नविना अनेरास्ववियुकी अध्यक्ष पनि भइन् र अब उनीहरु लगनगाँठो कस्ने तयारीमा छन् । ‘साप्ताहिक’मा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।