विश्वकप छनोटमा पुगेका नेपाली क्रिकेट टोलीका सदस्यले पाउने भए जनही ४ लाख
काठमाण्डौं, विश्वकप छनोटमा पुगेर शनिवार नेपाल फर्केको नेपाली नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३-३ लाख रुपैयाँ दिने भएको छ ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३-३ लाख दिने बताएका हुन् ।
यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेका छन् ।


