मन्त्रिपरिषद् विस्तारको तयारी भईरहेका बेला प्रचण्ड निवास खुमलटारमा मन्त्री माग्नेको भीड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा मन्त्री माग्नेको भीड लागेको छ ।

आजै मन्त्रिपरिषद् विस्तारको तयारी भईरहेका बेला मन्त्री माग्नेको भिड लागेको हो । बुधबार बिहानै प्रचण्ड निवास माओवादी नेताहरुले भरिएको थियो । तर प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बाँकी रहेको भन्दै नेताहरुलाई फर्काएका थिए ।

मन्त्री माग्दै निवासमा आइपुगेका नेताहरुलाई प्रचण्डले आफ्नो दलले कतिवटा र कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित भइनसकेको जवाफ दिए । प्रचण्डले नेताहरुलाई भने, ‘म अहिले प्रधानमन्त्रीजीलाई भेट्न जाँदैछु, पहिले हामीले पाउने मन्त्रालयहरुको टुंगो लगौं, अनि तपाईहरुलाई बोलाउँछु ।’

करिब १०/१२ जनाको संख्यामा प्रचण्ड निवासमा पुगेका नेताहरु व्यक्तिगत रुपमा त्यहाँ उपस्थित भएका थिए । मन्त्री माग्न आएका नेताहरुबाट पन्छिएर अध्यक्ष प्रचण्ड केपी ओलीलाई भेट्न निवासबाट बाहिरएका छन् । जुमएनपी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।