प्रधानन्यायाधीश पराजुलीलाई निकालेरै छाड्ने डा. गोविन्द केसीको दाबी

काठमाण्डौं, १२ फागुन । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली लड्दा अदालतको मानहानी हुन्छ भने आजीवन जेल बस्न तयार रहेको बताएका छन् । तर, पराजुलीलाई निकालेरै छाड्ने उनको दाबी छ ।

पराजुलीको राजीनामा माग गर्दै भएको माइतीघर मण्डलामा भएको प्रदर्शनमा डा. केसी पनि सहभागी भएका थिए । भ्रष्टाचार गर्न पाउँदासम्म पराजुलीले राजीनामा नदिने भन्दै आफूहरुले बाटो देखाउने बताए । उनले अघि भने, यिनलाई के गर्नुपर्छ भन्ने तीन करोड नेपालीलाई थाहा छ ।’

आफूलाई पराजुलीकै आदेशमा अनसन स्थलबाट प्रहरीले पक्राउ गरेको भन्दै डा. आक्रोस पोखे ।

‘म ९ बजे हाजिर भइनँ भने पो प्रहरी लगाएर पक्राउ गर्नु पर्ने हो’ उनले भने, ‘यदि भ्रष्ट न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुन्छ भने एक वर्ष होइन । आजीवन काराबास बस्न तयार छु । तर, यस्तालाई जिम्मेवार बनाएर छाड्ने हो ।’

अघि भने, ‘त्यो मात्र होइन । उनले गरेका कालो कर्तुतको छानविन गराएर कारबाही गराउने हो ।’

डा. केसीले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले अदालतको अवहेलना गरेको आरोप लगाए । उनले भने, प्रधानन्यायाधीश भएर विचाराधीन मुद्दामा (नागरिकता) देखाउनु नै अदालतको अवहेलना हो । उनलाई जेल चलान गर्नुपर्छ ।’ काठमाण्डूटुडे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖