नियुक्तिको १० दिनमै मागियो मुख्यमन्त्रीको राजीनामा !

काठमाडौं, फागुन १३ । प्रदेश नम्बर ६ को नामाकरणसँगै त्यहाँ आन्दोलन सुरु भए संगै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको राजिनामा मागेका छन् ।

शनिबार प्रदेश नं ६ को नाम र राजधानी तोके संगै कर्णाली बासी आन्दोलन मा उत्रिएका छन् ‘कर्णाली’ नाम राखेर ‘कर्णाली विशेष स्वायत्त क्षेत्र’को अवधारणा अस्विकार गरेको आन्दोलनकारी ले आरोप लगाएका छन् । कर्णाली जनअधिकार मञ्च नेपालको अगुवाइमा आइतबार काठमाडौंमा विरोधका कार्यक्रम घोषणा हुँदैछ ।

‘कर्णाली विशेष स्वायत्त क्षेत्र’को अवधारणा अस्विकार गर्नु कर्णालीबासी माथि अपमान भएको आरोप आन्दोलनकारीले लगाएका छन्, राज्यले धरै पहिले देखि कर्णालीका जनता र कर्णालीको नाम बेचेर धरै लियो अब फेरी पनि हाम्रो नाम बेचेर हाम्रो अपमान सुरु भएको छ त्यसका बिरुद आन्दोलनको सुरुवात भएको छ कर्णाली जनअधिकार मञ्च का अध्यक्ष प्रकास रोकायाले भने । साथै आन्दोलित समूहले मुख्यमन्त्री महेन्द्र बहादुर शाही र प्रदेश संसदले हतारमा एकलौटी निर्णय गरेको भन्दै मुख्यमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।

साथै प्रदेश राजधानी समेत जुम्लामै राखिनुपर्ने माग गर्दैआएका छन् । कर्णाली विशेष स्वायत्त प्रदेशको रुपमा अन्तरिम संविधानमै उल्लेख गरिएको कुरालाई केन्द्र र प्रदेश सरकारले बिर्सेर कर्णालीबासीको नाममा फेरि शोषण गर्न नपाइने भन्दै उनीहरु आन्दोलित भएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।