जनप्रतिनिधी ले तत्काल राजीनामा नदिए भौतिक कारबाही गर्ने विप्लवको चेतावनी !
सुर्खेत, १३ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीको राजीनामा माग गर्दै पत्राचार गरेको छ ।
विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुख लगायत वडा कार्यालयमा पत्राचार गरेर तत्काल राजीनामा दिन धम्की दिएको हो ।
नेकपाले पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाहि गर्ने चेतावनी दिएको छ । विप्लवको पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् ।
जनप्रतिनिधिहरुलाई संसदीय चुनावमा सहभागि नहुन नेकपाले गरेको अनुरोध उलंघन भन्दै अबका दिनमा राजीनामा नदिए कार्वाही गर्ने चेतावनी पत्रमा छ ।



