संविधान संशोधन गर्न एमाले सहमत, फोरम पनि सरकारमा आउने

काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच मंगलबार संविधान संशोधन र सरकारमा सहभागिताबारे छलफल भएको छ। फोरमलाई सरकारमा सहभागी गराउने र संविधान संशोधन गर्ने विषयमा वाम गठबन्धन र फोरमका दोस्रो तहका नेताबीच छलफल भएको हो।

एमाले नेता सुवास नेम्वाङले फोरमसँगको छलफल सकारात्मक दिशामा अघि बढेको बताए। ‘सबै सन्दर्भमा वार्ता सकारात्मक रुपमा अघि बढेको छ। उहाँहरुले हाम्रा मागहरु सम्बोधन हुनुपर्यो भन्ने कुरा राख्नुभयो।

फोरमको सरकारमा सहभागी, संविधान संशोधन लगायत विषयमा सकारात्मक कुराकानी भएको छ। भोलिसम्म टुंगिन्छ होला।’ नेम्वाङका अनुसार एमाले–माओवादी जायज मुद्दामा संविधान संशोधन गर्न र फोरम सरकारमा आउन तयार भएको छ।

दुबै पक्षबीच लिखित सहमतिका लागि दोस्रो वरियताका नेताले छलफल गरेर ड्राफ्ट तयार पार्ने फोरम नेता राजेन्द्र श्रेष्ठले बताए। ‘संविधान संशोधनका लागि वाम गठबन्धन तयार देखिएको छ। आजको बैठकमा सकारात्मक छलफल भएको छ। उहाँहरुले पार्टीमा फेरि एकपटक छलफल गर्छौं भन्नुभएको छ। चाँडै टुंगोमा पुग्छौं।’

केपी शर्मा ओली नेतृत्वको वाम सरकारले फोरमलाई सरकारमा सहभागी गराउन खोजेको छ। फोरमले सरकारमा जान संशोधनको शर्त अघि सारेपछि दुई पक्षबीच वार्ता चलिरहेको छ।

यसअघि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सरकारमा सहभागी हुनेबारे दुईपटक एक्लाएक्लै छलफल भइसकेको छ। – नागरिक न्युजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।