भारतीय कर्मचारीहरुलाई सिंहदरवार भित्रै नेपाली युवाले यसरी सिकाए सवक !

काठमाडौं । हेपाहा प्रवृत्ती भएका भारतीय राजदुतावासका कर्मचारीहरुले मंगलवार सवक सिकेका छन् । अखिल क्रान्तिकारीका युवाहरुले उनीहरुलाई सवक सिकाएका हुन् ।

मंगलवार सिंहदरवार भित्रै भारतीय राजदुतावासको शान देखाउने कर्मचारीहरु युवाहरुको फन्दामा परेका थिए । सिंहदरवार भित्रै रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएर पनि गल्ती महसुस नगर्ने उनीहरुलाई युवाहरुले कब्जामा लिएर पाठ पढाए ।

संजीब चौधरीले रोकेर राखेको बाइकलाई सिंहदरवार भित्रै २२–सी डी–९४ नम्बरको जीपले मंगलबार ठक्कर दिएको थियो । ठक्कर दिएर भारतीय दुतावासको शक्ति देखाउदै बलजफ्ती भाग्न खोजेपछि जीपको चावी थुतेर गाडी ३ घन्टा कब्जामा लिन बाध्य भएको समिर बुढाथोकीले जानकारी गराए । ‘गल्ती स्विकार गर्नुको सट्टा उल्टै हामी भारतीय दुतावासको हो , हामीलाई कसैले केहि गर्न सक्दैन भनेपछि आफुलाई मात्र हैन सिङ्गो प्रशासन र राज्य माथीनै हेपेको अनुभुती भयो ।’ उनले भने ।

युवाहरुको नियन्त्रणमा रहेका कर्मचारीहरुले यताउता फोन घुमाएर थप शक्ति प्रदर्शन गरेर उम्कन खोजेका थिए तर युवाहरुको अडान अघि केहिशीप नचलेपछि ३ घण्टापछि गल्ती भएको भन्दै माफी मागे ।उनीहरुले माफी मात्र मागेनन् , मोटरसाईकलनै मर्मत गरेपछि मात्र उनिहरुलाई छोडियो !

आफूहरु भारतीय दुतावासको आडमा हेप्न खोज्ने हेपाहा प्रवृत्ती विरुद्ध उत्रिएको बुढाथोकीले बताए । नेपालमा बसेपछि नेपालको कानुन मान्दिन भन्नु हेपाहा प्रबृत्ति भएको भन्दै उनले भने ,’नेपालमा गल्ती गर्दा सजाय पाइन्छ भन्ने उनीहरुले सायद् पाठ सिके, हाम्रो उदेश्य पनि यत्ति नै थियो ।’ – छलफल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।