२ नं. प्रदेशको सरकारबाट राजपा आउट !, ओली सरकारमा उपेन्द्र यादबको फोरमबाट को बन्लान् मन्त्री ?

२ न. प्रदेश सरकारमा वाम गठबन्धन !

काठमाडौं, १६ फागुन । संविधान संशोधन सुनिश्चित गरेर संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन आज सहमति हुने एमाले नेता सुवास नेम्वाङले बताएका छन् ।

सोमबार सत्तारुढ दल र फोरमबीच भएको छलफल निष्कर्षउन्मुख रहेको र आज सामान्य छलफलपछि सहमतिपत्रमा हस्ताक्षर हुने नेम्वाङले बताए ।

‘फोरम सरकारमा जानेबारे छलफल निष्कर्षउन्मुख भएको छ । बुधबार करिब एक घन्टा छलफल भएर सहमति हुनेछ,’ नेम्वाङले भने, ‘संविधानको कुन–कुन विषय संशोधन गर्ने सहमति दुवै पक्षले मस्यौदा बनाएर बुधबार टुंग्याइनेछ ।’ खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न एमाले विगतदेखि नै लचक रहेकाले फोरमसँग सहमतिनजिक पुग्न सहज भएको पनि उनले बताए । फोरमले कति र कुन मन्त्रालय पाउने टुंगो पनि आजै लाग्नेछ । प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवले यो विषय टुंग्याउनेछन् ।

फोरम सरकारमा सहभागी हुने विषयमा मंगलबार एमाले नेता नेम्वाङ र फोरमका राजेन्द्र श्रेष्ठ तथा रामसहाय यादवबीच छलफल भएको थियो ।

आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने

सरकार र फोरमबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि आजै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना छ । फोरम दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने मौखिक सहमति भइसकेको छ । आज लिखित सहमति भएसँगै तीनवटै पार्टीका बाँकी मन्त्रीलाई आजै शपथ खुवाउने योजनामा प्रधानमन्त्री छन् ।

प्रदेश २ को सरकारमा वाम गठबन्धन

केन्द्र सरकारमा फोरम सहभागी भएपछि प्रदेश २ को सरकारमा वाम गठबन्धन भित्रिने विषयमा पनि छलफल भएको छ । फोरम नेता डा. शिवजी यादवले संविधान संशोधनसहित सरकारमा सहभागी हुनेबारे चारबुँदे सहमति हुन सक्ने बताए ।

‘हामीले त चारवटा मन्त्रालय माग गरेका थियौँ। अन्तिमसम्म दुई मन्त्री र एक राज्यमन्त्रीमा सहमति हुने संकेत देखिन्छ,’ यादवले भने, ‘केन्द्रमा हामी सहभागी भएपछि प्रदेश २ को सरकारमा उहाँहरू पनि जाने गरी सहमति हुन सक्छ ।’

फोरमबाट को बन्लान् मन्त्री ?

फोरमलाई पराराष्ट्र मन्त्रालय दिन एमाले र माओवादी तयार भइसकेको स्रोतले बतायो। परराष्ट्रको नेतृत्व फोरमबाट अध्यक्ष उपेन्द्र यादवले नै गर्ने बताइएको छ। फोरमले शिक्षा र श्रम मन्त्रालयमा पनि दाबी गरेको छ । मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ र रेणु यादवको नाम मन्त्रीका लागि चर्चामा छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।