‘विप्लव’बारे बोले गृहमन्त्री बादल !
काठमाण्डौं, १६ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मन्त्रीको पदभार ग्रहण गरेको तेस्रो दिन नेपाल प्रहरी हेड्क्वाटर पुगेका छन् ।
बुधवार विहान प्रहरी प्रधान कार्यालयमा पुगेका गृहमन्त्री थापाले विप्लव माओवादी प्रति लक्षित गर्दै हिंसा चाहने शक्तिले टाउको उठाउन खोजेको बताएका छन् ।
‘नयाँ सुरक्षा रणनीति अपनाएर हिंसा चाहने शक्तिसँग मुकाविला गर्न सक्नुपर्छ, नयाँ स्तरबाट सुरक्षा संयन्त्रलाई पुनर्सरचित गर्नुपर्छ ।’
विप्लव माओवादी लाई संकेत गर्दै गृहमन्त्री थापाले उनीहरु कस्ता अपराधी हुन भन्नेबारे स्पष्ट भएर सरकारले कदम अगाडि बढाउने बताए ।
उनले भने, ‘तिनीहरु राजनीतिक शक्ति हुन् या होईनन् भन्ने चिनेर कदम चाल्नुपर्छ ।’
भूमिगत अर्थतन्त्र र माफिया अर्थतन्त्रले विकासमा ठुलो बाधा पारेको उल्लेख गर्दै मन्त्री थापाले भने, ‘भ्रष्टाचार ठुलो शत्रु हो ।’
– काठमाण्डूटुडे


