नेपाल मगन्ते नै हो भन्छन् पूर्व उपराष्ट्रपति, ट्राफिक प्रहरीको अर्को घुस क्यामेरामा कैद – हेर्नुहोस् सिधाकुरा

घुसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्दैन ! साँच्चै हो गृहमन्त्री ज्यु ?

नवनियुक्त गृहमन्त्री रामबहादुर थापा (बादल)ले मन्त्री बनिसकेपछि एउटा अभिव्यक्ति दिनुभयो । घुसखोरी, नातावाद, कृपावाद अब यो मुलुकमा चल्दैन ।

देशका गृहमन्त्रीले भन्नु भएको कुरा फेरि रिपिट गर्छु घुसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्दैन । साँच्चै हो गृहमन्त्री ज्यु ?

तपाई गृहमन्त्री भएपछि मुलुक त्यस्तै हुन्छ त ? अब चल्दैन भनेको पहिला चल्थ्यो भनेर स्वीकार गर्न हो । यो कुरा संवेदनशील छ, तपाईले यसै भन्नका लागि भ्याट्ट भनिदिनुभएको हो भने बेग्लै कुरा तर जे भन्नु भएको छ त्यसको जीम्मेवारी लिनु हुन्छ र भनेको कुरा पुरा गर्नु हुन्छ भने वाह, गजब्ब भयो ।

नेपालको समस्या भनेकै घुस खोरी, नातावाद र कृपावाद हो । तपाइले त एक सटमा देशको सबैभन्दा ठुलो समस्या नै समाधान गर्ने कुराको उद्घोष गर्नुभयो । भनेको कुरा पुरा गर्ने राजनीतिज्ञहरुको बानी छैन ।

बोल्यो सकियो । न बोलेको के हो थाहा हुन्छ, न बोलेको कुरा जीम्मेवारी लिनु पर्छ न त बोले पछि जसरी पनि पुरा गर्नुपर्छ भन्ने चेत राजनीतिज्ञमा देखिएको छ ।

तपाईले पनि त्यतिकै भनिदिनु भएको हो भने अर्कै कुरा तर पुरा गर्नका लागि भन्नु भएको हो भने केही संकेत दिनुहोस् गृहमन्त्री ज्यु । थप हेर्नुहोस् भिडियोमा – नेपाल मगन्ते नै हो भन्छन् पूर्व उपराष्ट्रपति, ट्राफिक प्रहरीको अर्को घुस क्यामेरामा कैद



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।